कर्णालीका ३० शिक्षक उत्कृष्ट ः के–के थियो मापदण्ड ?


सुर्खेत ः कर्णालीका १० जिल्लाका ३० जना शिक्षकलाई सम्मान गरिएको छ । शिक्षा विकास निर्देशनालयद्वारा उत्कृष्ट शिक्षक प्रोत्साहन कार्यक्रमका लागि छनोट भएकाहरूलाई सम्मान गरिएको हो । उत्कृष्ट शिक्षक प्रोत्साहन कार्यक्रम अन्तर्गत निर्देशनालयले छनोट गरेका शिक्षकहरुलाई सम्मान गरिएको हो । मंगलबार वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा सामाजिक विकासमन्त्री घनश्याम भण्डारीद्वारा शिक्षकहरुलाई सम्मान एवं पुरस्कार प्रदान गरेका हुन् । पुरस्कृत हुने शिक्षकहरूमा कालीकोटबाट चन्द्रप्रसाद कोइराला, यशोधरा शर्मा, कृष्णप्रसाद बराल रहेका रहेका छन् । यस्तै, सल्यानबाट जीवनकुमार रावत, धर्मराज घर्ती, बालाराम वली, रुकुम पश्चिमबाट शशीराम विश्वकर्मा, कृष्णराज केसी, लक्ष्मी वली पुरस्कृत भएका छन् । जुम्लाबाट टङ्कबहादुर महत, परेकराज खत्री र आनन्दाकुमारी बोहरालाई सम्मान गरिएको छ ।
यसैगरी हुम्लाबाट धनश्याम शर्मा, गीता हमाल र धनबहादुर ऐडीलाई सम्मान गरिएको छ । डोल्पाबाट प्रकास थापा, नरदेव रोकाय र पद्यमाकुमारी बुढा रहेका छन् । मुगुबाट सुवास रावल, रामप्रसाद सेजुवार, जयपुरा खडका कार्की पुरस्कृत भएका छन् । यस्तै, दैलेखबाट पार्वतीकुमारी शर्मा, टेकबहादुर सिजापती र टेकबहादुर विक रहेका छन् ।
सुर्खेतबाट भूपेन्द्रबहादुर सिंह, भोजकुमारी पौडेल र द्धोणराज पाठक, जाजरकोटबाट लक्ष्मी खत्री, जयबहादुर थापा र अच्युुतप्रसाद शर्मालाई पुरस्कृत गरिएको छ । सम्मानित शिक्षकलाई जनही रु ३५ हजार नगदसहित प्रमाणपत्र उपलब्ध गराएको थियो । प्रत्येक जिल्लाबाट माध्यमिक, निम्नमाध्यमिक र प्राथमिक तहका एक÷एक गरी तीन जना छनोट गरिएका थिए । त्यसमा एक जना महिला अनिवार्य गरिएको निर्देशनालयले जनाएको छ ।
के थियो उत्कृष्ट शिक्षक छनोटका मापदण्ड र आधारहरु
सामाजिक विकासमन्त्री घनश्याम भण्डारीका अनुसार उत्कृष्ट शिक्षक प्रोत्साहनका लागि प्रत्येक जिल्लाबाट माध्यमिक तह १ निम्नमाध्यमिक तह १ र प्राथमिक तह १ गरी जम्मा ३ जना छनोट गर्नुपर्ने र त्यसमध्ये कम्तिमा १ जना महिला अनिवार्य समावेश हुने गरी छनोट गर्नुपर्ने मापदण्ड राखिएको थियो । यस्तै प्रत्येक तह कक्षा ५, कक्षा ८,र एसइईको परीक्षामा उत्कृष्ट सिकाई उपलब्धी भएका र विगत ३ वर्षको शैक्षिक सत्र (०७९, ८० र ८१) सिकाई उपलब्धि उच्च भएको हुनुपर्ने, एउटै स्थानिय तहबाट १ मात्र पर्ने गरी सम्वन्धित विद्यालय, पालिका र शिक्षा विकास तथा समन्वय इकाई वाट प्रमाणित सिफारिस हुनुपर्ने मापदण्ड राखिएको थियो ।
यसैगरि ५ वर्ष स्थाई सेवा अवधि भएको, राष्ट्रिय, प्रदेश र स्थानीय तहवाट शिक्षक प्रोत्साहनसंग सम्बन्धित कुनै पनि पुरस्कार तथा प्रोत्साहन प्राप्त नगरेको शिक्षकले स्वघोषणा गरी विद्यालयको सिफारिस पत्रमा उल्लेख भएको र शिक्षा ऐन २०२८ तथा शिक्षा नियमावली २०५९ (संशोधन सहित) अनुसार कुनै पनि विभागिय सजाय नपाएको शिक्षक हुनुपर्नेछ मापदण्ड तोकिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार