दल नेताहरुले दिए शुभकामना

भक्तपुर : एमालेको ११औं महाधिवेशनलाई अन्य राजनीतिक दलका नेताहरूले शुभकामना दिएका छन् । नेपाली कांग्रेसका सभापति कार्यवहाक सभापति पूर्णबहादुर खण्ड्काले शुभकामना मन्तव्यको सुरुमै खड्काले एमालेसँग कांग्रेसको सहकार्य स्मरण गरे । ‘नेकपा एमाले कांग्रेस सँगको समय–समयको सहयात्री दल हो’ खड्काले भने, ‘जब लोकतन्त्रमाथि कुनै निरंकुशता वा अस्थिरताको कालो बादल मडाररिन्छ तब कांग्रेस, एमाले र अन्य लोकतान्त्रिक दल एक ठाउँमा उभिएर प्रतिवाद गर्ने गरेका छौं ।’

२३ र २४ भदौको जेनजीको आन्दोलनपछि मुलुक राजनीतिक अस्थिरता र अनिश्चिततामा रहेको उल्लेख गर्दै उनले थपे, ‘त्यसकारण पनि लोकतान्त्रिक दलहरूबीच सहकार्य आवश्यक छ ।’ जेनजी पुस्ता वा नवयुवाले भ्रष्टाचार नियन्त्रण र सुशासनसहितको समृद्ध नेपाल चाहेको भन्दै उनले युवाहरूको भावना बमोजिम लोकतान्त्रिक शक्तिहरूले गल्ति नदोहो¥याउने संकल्पसहित जनतामा जानुपर्नेमा जोड दिए ।

नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नयाँ शक्तिसँग सहकार्य गर्दै अगाडि बढ्नुको विकल्प नरहेको बताए । बरु एमालेको तर्फबाट समेत कम्युनिस्टहरूको एकताका लागि पहल हुन आवश्यक रहेको आग्रह गरे । ‘बिडम्बना नेपालको कम्युनिस्ट आन्दोलन विघटित छ ।

विघटित कम्युनिस्ट आन्दोलनलाइ एक्तावद्ध गरेर समाजवादी प्रणालीमा पुग्न सकिन्छ’ गुरुङले भने । कम्युनिस्ट एकतामा जोड दिँदै गदौ उनले विगतमा एमालेसँग मिलेर नेपाल कम्युनिस्ट पार्टी बनाएको पनि स्मरण गरे । उनले भने ‘हामीले नेकपा निर्माण पनि गर्यौं । त्यसलाई निरन्तरता कायम राख्न सकेनौं । त्यसबाट पाठ सिकेर फेरि पनि एकतावद्ध हुनुको विकल्प छैन ।’

राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का महामन्त्री कविन्द्र बुर्लाकोटले जेनजी आन्दोलन किन भयो र त्यसको कारण के थियो भन्ने विषयमा सही निचोडमा पुग्न आग्रह गरे । बुर्लाकोटीले भने ‘यो विस्फोट हुनुमा ३०÷३५ वर्षमा राज्यको मुख्य बाडडोर सम्हाल्ने सबैले जिम्मेवारी लिनुपर्ने नै हुन्छ । यसमा भाग आउने नै हो भने हामी पनि सरकारमा सहभागी भएको समयको भाग लिन तयार छौं । यो विषयमा एमालेको महाधिवेशनमा समीक्षा हुने नै छ होला ।’ युवाहरूको चाहना राजनीतिमा पुस्तान्तरण समेत रहेको उल्लेख गर्दै उनले एमालेले ती चाहनालाई सम्बोधन गर्ने विश्वास आफूमा रहेको बताए । दलहरूको आन्तरिक लोकतन्त्र सबल रहेको अवस्थामा मुलुक बनाउने सन्दर्भमा त्यस्ता दलहरू सहकार्यका साथ अगाडि बढ्न सहज हुने उनको आग्रह छ ।

नेपाल कम्युनिस्ट पार्टी ९माओवादी०का महासचिव नेत्रविक्रम चन्द विप्लवले सम्भावनाका एकपछि अर्को सम्भावना खोज्न आग्रह गरे । ‘नेपालका सबै श्रमिक, जाति, वर्ग, क्षेत्र, लिंग, उत्पिडमा परेका सबै, नयाँ पुस्ता, जेनजी, देश–विदेशमा रहेका सबै नेपाली नागरिकको चाहनालाई सम्बोधन गरेर जान आवश्यक छ’ विप्लवले भनेका छन्, ‘तपाईंहरूसँग आन्दोलनमा एकता, आन्दोलनमा सहकार्य, देशको स्वाधिनताको लागि सहकार्य, जनताको अधिकारको लागि सहकार्य, नयाँ नेपालको लागि सहकार्य गर्न तयार छौं, सहकार्य गरौं ।’

त्रुटि छन् भने सच्याउन तयार रहेको तर, कहिल्यै पनि कसैको अधिनमा नेपाललाई जान नदिने दृढता व्यक्त गर्दै उनले थपे, ‘कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्नैपर्छ । यसको लागि हामी सबै खुला हुनुपर्छ ।’ एउटै कम्युनिस्ट झण्डामुनि रहने वातावरणका लागि सम्भावनाको खोजी गर्न समेत एमालेलाई उनको आग्रह छ ।

लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०का महासचिव सुरेन्द्र झाले संविधान संशोधनको लागि एमालेले अगुवाइ गर्न सक्ने सुझाए । यस्तोमा आफूहरूको साथ, सहयोग र समर्थन रहने उनको आग्रह छ । उनले भनेका छन्, ‘यो संविधान चलायमान बनाउने हो भने संशोधन अनिवार्य छ ।’

राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले जेनजी आन्दोलनबाट जननिर्वाचित सरकार अपदस्त हुन पुगेको बिर्सन नसकिने बताए । अन्तरिम सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन हुन पुगेको उल्लेख गर्दै उनले भने, ‘गणतन्त्र प्राप्तिपछि पनि राजनीतिक दलहरूका बीचमा कसिलो मेल नहुँदा बाह्य शक्तिले खेल्ने मौका पाए ।’ एमालेको महाधिवेशनले विगतमा कहाँ–कहाँ चुकियो भनेर समीक्षा गर्न सक्नुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार