आँखा शिविरबाट छ सय बढीलाई सेवा

दैलेख : दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकामा सञ्चालित आँखो शिविरबाट ६ सय बढीले सेवा लिएका छन् । नगरपालिको आयोजना र नेपाल रेडक्रस सोसाइटी सुर्खेत आँखा अस्पतालको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित निःशुल्क मोतीबिन्दु शल्यक्रिया आँखा शिविरबाट ६ सय ८६ जनाले सेवा लिएका हुन् ।

शिविरमार्फत ५२ जनाको मोतीबिन्दुको शल्यक्रिया गरिएको चामुण्डाविन्द्रसैनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भलाराम पंगालीले बताए । मोतीबिन्दुको शल्यक्रिया गरिएकामध्ये २७ जना महिला र २५ जना पुरुष रहेका हुन् । शिविरमार्फत निःशुल्क औषधि र चस्मा समेत वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत पंगालीले बताए ।

स्थानीय स्तरमा मोतीबिन्दुको समस्याबाट ग्रसित नागरिकको समस्यालाई समाधान गर्ने उद्देश्यले निःशुल्क मोतीबिन्दु शिविर सञ्चालन गरिएको हो । शिविर मङ्सिर २८ गतेदेखि यहीँ पुस ४ गतेसम्म चामुण्डाका छ स्थानमा सञ्चालन गरिएको थियो । एक दिवसीय शिविरबाट छनोट भएका मोतीबिन्दुका ५२ बिरामीको पुस ३ र ४ गते त्यहाँको बिन्द्रासैनि माध्यमिक विद्यालयमा निःशुल्क शल्यक्रिया गरिएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार