सुरक्षित व्यापार तथा सुन्दर प्रदेश राजधानी बनाउन संघको चासो

सुर्खेत : बीरेन्द्रनगर नगरपालिकाको बजार क्षेत्रलाई व्यवस्थित बनाउनका लागि उद्योग बाणिज्य संघ सुर्खेतले चासो देखाएको छ । दैनिक अव्यवस्थित तथा प्रदेश राजधानीको सौन्दर्यमा नै असर पर्ने गरेर भइरहेको गतिबिधिका विषयमा चासो दिदै उद्योग बाणिज्य संघ सुर्खेतले सरोकारवालासँग छलफल समेत बढाएको छ ।

बीरेन्द्रनगर नगरपालिकाकी नगरप्रमुख मोहनमाया ढकाल , जिल्ला प्रशासन कार्यालय सुर्खेत तथा मुख्यमन्त्री यामलाल कँडेललाई भेटेर संघको टोलीले प्रदेश राजधानीलाई व्यवस्थित बनाउन चासो देखाउन आग्रह गरिएको अध्यक्ष हर्ष विक्रम खडकाले जानकारी दिनुभयो ।

नगरपालिकाले सुरक्षाको कुरा उठाएको खडकाले बताए । नगरपालिकाले बनाएको कार्यविधि अनुसार नै अगाडी बढने कुरामा छलफल भएको समेत उनले बताए । संघले पछिल्लो समय बजार क्षेत्रमा व्यवसायको नाममा भइरहेको फुटपाथ अतिक्रमण तथा अव्यवस्थित व्यवसाय सञ्चालनप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ । यस्ता गतिविधिका कारण बजार क्षेत्रको सुन्दरता, शान्ति सुरक्षा र समग्र व्यवस्थापनमा नकारात्मक प्रभाव परेको संघको ठहर छ ।

अध्यक्ष खडकाका अनुसार अव्यवस्थित रूपमा सञ्चालन भएका व्यवसाय र फुटपाथ अतिक्रमणले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको सौन्दर्यमा असर पु¥याउनुका साथै पैदल यात्रु, उपभोक्ता तथा कानुनअनुसार व्यवस्थित रूपमा व्यवसाय गर्दै आएका व्यवसायीहरूलाई समेत असहज बनाएको छ ।

प्रशासन , पालिका तथा मुख्यमन्त्री कार्यालयमा गराएको ध्यानाकर्षणमा संघले बजार व्यवस्थापनलाई व्यवस्थित बनाउँदै शान्ति–सुरक्षा सुदृढ गर्न आवश्यक कदम चाल्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको उहाँले बताउनुभयो । संघले दीर्घकालीन समाधानका लागि स्थानीय तह, प्रशासन र सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै व्यवसाय प्रबद्र्धनसँगै बजारको सुन्दरता कायम राख्न आफू प्रतिबद्ध रहेको जनाएको छ । प्रदेश राजधानीलाई सुन्दर तथा आहा देखिने बनाउनका लागि सबैले मिलेर काम गर्नुपर्ने उहाँको भनाई रहेको छ ।

खडकाले नगरपालिकालाई बुझाएको पत्रमा भनिएको छ , ‘प्रदेशको राजधानी वीरेन्द्रनगरमा हालै जेन्जी आन्दोलनका क्रममा निजी क्षेत्रमा भएको आक्रमण तथा पछिल्लो समयमा बजार क्षेत्रमा व्यवसायीका नाममा फुटपाथ अतिक्रमण गर्ने र म्याद गुजिएका वस्तुहरुको अव्यवस्थित व्यापार सज्वालन गर्ने क्रम दिनानुदिन बढ्दै गएको प्रति निजी क्षेत्र गम्भीर चिन्तित रहेको छ । यसले बजार क्षेत्रको सुन्दरता नष्ट हुनुका साथै पैदल यात्रु, उपभोक्ता र व्यवस्थित व्यवसायीहरुलाई असुविधा पुरÞ्याइरहेको छ ।’

त्यस्तै अत्यन्तै महत्वपूर्ण कुरा, बजार क्षेत्रमा शान्ति सुरक्षा र अमन चयन कायम नभएमा व्यवसायीहरुले निर्धक्क व्यापार गर्न नसक्ने अवस्था सिर्जना भएको समेत बताएको छ । राजधानीको आर्थिक गतिविधिमा नकारात्मक प्रभाव पारिरहेको भन्दै चिन्ता व्यक्त गरिएको छ । निजी क्षेत्र नगरको आर्थिक विकासको मुख्य साझेदार भएकोले बजारको सरसफाइ, सुन्दरता र व्यवस्थित व्यवस्थापनका लागि सबै सहकार्य गर्न तयार रहेको संघले बताएको छ । फुटपाथ व्यवसायीलाई करको दायरामा ल्याउने, बजार क्षेत्रको व्यवस्थापनमा निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्ने र नगरलाई सफा, सुन्दर र समृद्ध बनाउन निम्न सुभावहरु नगरपालिकालाई दिइएको छ । बजार क्षेत्रमा शान्ति–सुरक्षा र अमन चयन कायम गर्न प्रभावकारी योजना लागू गर्नुपर्ने माग राखिएको छ । फुटपाथ अतिक्रमण नियन्त्रण गरी व्यवस्थित व्यापारिक वातावरण सुनिश्चित गर्नुपर्ने माग गरिएको छ । बजारको सरसफाइ र सुन्दरता कायम राख्न निजी क्षेत्रसँग सहकार्य गर्नुपर्ने तुरुन्तै गर्नुपर्ने समेत माग रहेको छ । फुटपाथ व्यवसायीलाई करको दायरामा ल्याएर नगरको आर्थिक विकासमा योगदान सुनि उचित गर्नुपर्ने बताएको छ । दीगो योजना तथा अभियानमार्फत नगरलाई सफा, सुन्दर र समृद्ध बनाउन पहल गर्नुपर्ने माग राखिएको छ ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतमा बुझाएको पत्रमा समेत प्रदेश राजधानीको गहिरो चिन्ता व्यक्त गरिएको छ । प्रदेशको राजधानी वीरेन्द्रनगरमा जेन्जी आन्दोलनका क्रममा निजी क्षेत्रमा भएको आक्रमण तथा पछिल्लो समयमा बजार क्षेत्रमा व्यवसायीका नाममा फुटपाथ अतिक्रमण गर्ने तथा अव्यवस्थित व्यवसाय संचालन वाट वजार क्षेत्रको सुन्दरता र सुरक्षालाई समेत पारेको प्रभाव प्रति निजी क्षेत्र गम्भीर चिन्तित भएको पत्रमा उल्लेख गरिएको छ । बजार क्षेत्रमा शान्ति सुरक्षा र अमन चयन कायम नभएमा व्यवसायीहरुले निर्धक्क व्यापार गर्न नसक्ने अवस्था सिर्जना भएको बताएको छ । राजधानीको आर्थिक गतिविधिमा नकारात्मक प्रभाव पारिरहेको समेत पत्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार