गाईजात्रे कोशेली डामाडोल दैलेख २०७०

यहाँ समस्यै समस्या छन् । राम्रा कामहरु कही देखिदैनन् नराम्रा कामहरु देख्दा र लेख्दा समस्या उत्पन्न हुन्छ ।
भन्नै पर्ने भो लेख्नै पर्ने भो यसभन्दा अरु छुटेका भए तपाँईहरुले नै खोजी गरिदिनुहोला पक्षपात गरेरपनि भन्न खोजीएको होईन् कसैको विपक्ष वन्न पनि खोजिएको होईन् ।
सदरमुकाम निकै टुप्पोमा छ । टुप्पोमा टावरको वास छ टावरले कहिल्यै राम्रा कुरा सामात्ने प्रयत्न गर्दैन् । हलो गर्नाले कान थाकिसके जनताहरुका कहिल्यै टेलिकमले यसको राम्रो व्यवस्था गर्न सकेन् । त्यसैले टुप्पामा रहेका टेलिकमका हाकिमलाई ठेलामा झारिएको छ ।
गणपति समेत सँगै बसेका छन् । सरकारले बार्षिक उत्सव गर्न नमिल्ने निर्देशन दिएको छ । तर अस्तिमात्रै निकै फूस पार्टी भयो । फूस पर्नेहरु निकै फूस       परेर झुले , हिरोनी देखी जिरोनी सम्मका आए नाँचे गाए खाए उहाँले निकै राम्रो पार्टी खुवाउनु भएकोले कोट मास्टरको उपाधि दिन चाहान्छु ।
अहिले जिल्लामा पाँचदिनको एकदिन पानि आउँछ, त्यो पनि सहारे खोलावाट आएको भलले बजारै बगाउने गरि थर्काउँछ । विचरा जनताहरु कोही ८ हजार तिरेका छन् कोहीले १५ हजार मिटर नाप्नेले अंकै नहेरेर धमाधम पानीको वील काटेको काट्यै छ । खानेपानी कार्यालयले जनता ढाँटेको ढाँट्यैं छ । गाउँभरी करोडौंका योजना वनायौं भने तर पानीको तुर्को छैन् । घाँटी सुक्या छ अहिल्यै कराउँदा यहाँ पनि एक घुट्को छैन् ।
सन् २०१४ सम्म खुलादिशामुक्त जिल्ला घोषणा गर्ने भनेर खानेपानी कार्यालय तातिएको छ । त्यती मात्रै कहाँ हो र ? २०१७ सम्म महावुलेकवाट पानीको छहरो फालेर राकम कर्णालीको छालमा पुर्याउने भनेर तत्थ्याँक लिई आतिएको समाचार पनि छ । यस्तो कामका लागि खट्नेलाई कार्यालय प्रमुख र अध्यक्ष बाट खापासटेमा झारिएको सरकारी निर्णय गरिएको खवर छ ।
जनताको निकै महत्वको कार्यालय भनेर चिनिएको प्रशासन कार्यालयमा अँझै अचम्म छ । कसले विगार्यो भनेर हेर्ने प्रशासन कार्यालय आफैले धमाधम विल मिलाएर रकम चिलिम फर्काउने । अव अरु ठेकेदार, बदमास, फटाहा र अराजक तत्वलाई कसले हो तर्साउने ।  सवैले मिलिभगत गरेर सक्न थाले, ईनका वाउको दाईजो जस्तै गरि विकास नहुँदै निकास गर्न थाले । यस्तो तालमाल भएको कार्यालयका सवैलाई तल्लो ढुगेश्वरमा रहेको वस्तिको सुरक्षाका लागि खटाईएको व्यहोरा जानकारी गराइन्छ ।
अहिले धमाधम मान्छेको लाईन् छ । कता हो भन्दा निर्वाचनमै गईन्छ । विग्रेको केही छैन् तर चुनाव चाँही चाहिन्छ । इनका वाउको टाउको मन्त्रि भएकालाई अँझै मन्त्रि चाहिएको छ । हारेकालाई सभासद धामाधम पाईएको छ । चुनावै किन गर्नु पर्र्यो र त्यसै त्यसै मन्त्रि खाईएको छ ।
अव त नेताहरु पनि सवै गोजिमा गए । खिलराजले खिल निकालेर नेतालाई निचोर्ने भए । भारतले खिलराजलाई निचोर्ने । खिलराजले यो देशका फटाहा नेताहरुलाई निचोर्ने, नेताले सोझा जनतालाई निचोर्ने, सोझा जनताका बाउले छोरा छोरीलाई निचोर्ने      विचारा सोझा छोरा छोरीले के निचोर्ने अव भुर्तो निचोर्ने । अव सवैले आफ्नो भुर्तो समातेर निचोरे हुन्छ कति जाने हो निर्वाचनमा फोटो खिच्नलाई ।
बा बा बा हेर्नुत काठै काठ आएका छन् भित्र रुख पनि कति ठूला हुन् जिल्ला प्रशासन वनाउँदा अछामबाट काठ ल्याउनुपर्छ । अलिकति दामआम मिलाउने हो भने जिल्लामै धमाधम काठ भित्रिन्छ ।
वनले सुरक्षा निकाय भन्ने सुरक्षा निकायले वन भन्न,े आँखिर जसले दिदैन दाम उसको हुँदैन काम यस्तो वनको जनतालाई के काम । दाम तिरेपछि रातारात भित्रन्छ वनको अवैध काठ अव ठोक्नुपर्छ यस्ता फटाहाहरुले टापका टाप ।
हेर्नुसत आजभोली खोटो संकलन गरेर बन सुक्न थाल्यो । वनको अध्यक्षलाई पाँच हजार दिए पुग्ने । वन प्रमुखलाई रेड लेवल भए पुग्ने । विचरा उपभोक्ताहरु ईनले के फुक्ने । यस्ता कर्मचारीहरुलाई राउटेको बस्तिमा गएर हेरचाह गर्न पठाउने सरकारले निर्णय गरेको समाचार छ ।
हु हु हु हु हुक्क भएका छन् जनताहरु हुलाक कर्यालयको काम देखेर एउटा चिठी पठाउन तीन महिना कुर्नु पर्छ । गाउँमा अँझै यसको अलिअलि आवस्यकता छ तर त्यसै अनुरुप काम हुन सकेको छैन् । नयाँ फेसन भएको छ आजोभोली ।
पहिले पहिले प्रिय तिमिसँग अव एक महिनापछिको पत्रमा भेट गरौंला भनिन्थ्यो तर आजभोली त निकै सजिलो भएको छ । सेकेण्ड सेकेण्डमा आई लभ यू , लभ लभालभ यू , ज्यानै तिमी विना छैन् ।
यिनका वाबु आमा आजभोली त मोवाईलले फेसनै बनायो ”“१२ बर्षमै आई लभ यू १३ बर्षमा घोचघाच क्यू, १४ बर्षमा ६ किलोको ज्यूँका त्यूँ अव कसले रोक्ने हो ।” प्रहरी अगाडी छौं तिमिहरुले सक्छौं भने     रोक । सक्दैनौ भने ठोक ।
अहिले त वाटाभरी भवन नै भवन वनेका छन् । निकै पुरानो स्कुलको जम्मा गरिएको रकम आफ्नै पालामा कुम्ल्याउने भन्ने सोच यहाँ बढेको छ । मुख्य पद फुस्के सँगै पैसा पनि फुस्सा वनाएर हल्काफुल्का हुस्सा गर्ने नियत त होईन जनता जिल्ल छन् । अव विद्यार्थीहरु पास हुन की नहुन कसैलाई मतलव छैन सके सक्काऊ नसके चुहीने भवन नवनाऊ जे सक्छौं गर । जती सक्छौं गर ।
म त अहिले जिल्ल परेको छु । जिल्ल समिति अगाडी उभिएको छु । यहाँ प्रहरी पनि जिल्ल परेका छन् । ठेकेदारहरु पनि जिल्ल परेका छन् । उपभोक्ता समितिका मान्छेहरु पनि जिल्ल परेका छन् । कर्मचारीहरु पनि जिल्ल परेका छन् । ओभरसियरहरु पनि जिल्ल परेका छन् । यीनीहरु त परेका थिए थिए पत्रकारहरु पनि जिल्ल परेका छन् । यिनको होस कहिले खुल्ने हो किन कि असारको कमिशनले अँझै निकास पाएको छैन् ।
महावु सडक वनाउन भनेर ७० लाख सकियो । जिल्लाभरिका बाटामा करोडौं करोड सकियो सवारी साधननै गुड्दैनन् । आज गाउँबाट आएका बाघहरुले मकै नभेट्टाएर हैरान परेका छन् । स्थानीय विकास अधिकारी ज्यू होसियार झम्टेलान् नी वाघहरुले ।
अव जिल्ला विकास समितिका करिव ६० जना     कर्मचारीलाई बाघलाई चाहिने मकै लिनको लागि कालिका पठाईदिनुपर्ने भन्दै सरकारले गाईजात्राको दिनमै निर्णय गरेको छ ।
तपाँई कतै केटिको लफडामा त हुनुहुन्न । कतै फोनमा समस्या त छैन् । कतै बहुवीवाह वा अन्य केही सामान्य चिथरचाथर देखी अन्य केही यौनजन्य हिंसा गर्नु भएको त छैन् । प्रहरी भित्र नपर्नुहोला किनकी भित्र खोरमा जानेवित्तिकै तपाँईलाई निस्कन कम्तिमा लाखको गड्डी चाहिन सक्छ ।
साँच्चै हिंसा गरेपनि यहाँ उपचार रकमकै हुन्छ । कसैलाई फसाउनु छ भने पनि काम रकमकै हुन्छ । किनकी यहाँ कहिल्यैपनि मुद्धा चलाईएको देखिएन । जिल्लामा बर्षमा सयौं हिंसाका घटनाहरु घटे सवै रकममै मिले । त्यसमा क कसलाई कति भाग पर्छ यो त पत्रकारलाई पनि थाहा छ । पत्रकारले पनि लेख्न नसक्ने गरि थाकेपछि कसका बाबुको के लाग्छ र । एक दुई जनाले घुमाईदिन्छन् यहाँका प्रशासकहरुलाई ।
ओ……म श्री आरायणम न….. म…..अ ……. । फोहोरको थुप्राए न..म…। पानीको समस्याय ..न…. म….। सडकभरी गाडी, वालुवा र गिटीआए न…म…. । पिच नवन्दै रकम सक्याए न… म….। भित्र भित्र विल विलाए …. न…. म…. ।
जनताले बर्षको बर्ष कर तिरेका तिर्यैं छन् । कर्मचारी त्यही करमा मोज गरेर फिरेका फिर्यैं छन् । आफ्नै गाउँका हाकिम भनेर जनताहरु मख्ख तर हाकिले भने केही फूली नपारेपछि उनलाई नेपाल सरकारले महिनामा २५ दिन काठमाण्डौं वस्ने भन्दै निर्णय गाईजात्राको दिनवाटै गरेको खवर छापिएको छ ।
जय विद्युत जय भूँडी । जनताले विद्युत सेवा पाएका छैनन् । एक जनाले चाकवाट बल लगाएर चिच्चायो भने दैलेखको वत्ति र टेलिफोन एकै पटक जान्छ । हावा हुरी पानी असिनाको त कुरै नगरौं । गाउँमा वत्ति बाल्ने बाहना रकम गोजिको चाहना । यस्तो विद्युत कार्यालयका सवै कर्मचारीहरुलाई माथिल्लो कर्णाली जलविद्युत आयोजना नेपाल सरकार र दैलेखि जनताको लगानीमा निर्माण गर्न भन्दै नेपाल सरकारकाले आयोजना स्थलमै सरुवा गरेको खवर छ ।
यहाँ त केही हुनु हुँदैन् संघका मान्छेका नेताका छोरा छोरी लेख्न सकेनन् भने जिशिकालाई चिन्ता हुन्छ । संगठनकालाई तनाव हुन्छ । बुढीलाई बरिष्ट बनाएर राजनीतिका कुरा गुन्छ । विद्यार्थीहरुलाई कडाईको नाममा लेख्नै नसक्ने गरि मानसिक तनाव गराईन्छ । अनि भाषण र अन्य कुरामा भने निकै परिवर्तनको नारा लगाईन्छ ।
निकै राम्रो भएको छ चिट चोर्ने चोर र फटाहा विद्यार्थीहरुलाई । निकै सवक मिल्यो तर जो पहुँचवाला हुन उनिहरुलाई भने अँझै औसी नै छ यस्का बाबुका किरीया लगाउने कस्ता कस्ता नीति र नियमहरु हुन् । ठुला वडालाई नीति नियम लाग्दैन् तर सोझालाई मात्रै समस्या यस्तो कर्यालयका सवै          कर्मचारीहरुलाई माछा मार्न कर्णालीको चिसो पानिमा १० १० मिनेटका लागि खटाउने सरकारले निर्णय गरेको खवर छ ।
गाउँमा सिटामल छैन् । स्वास्थ्य चौकीमा डाक्टर छैन् । भवन वनाउने ठेकेदारहरु काम गर्दैनन् । कमिशन खानेहरु खाएका आयै छन् । कार्यलय भित्रै आफ्नो भागमा हिसाव परेन भन्दै लडामाथि हुन्छ । अनि अरुले स्वास्थ्यको गुणगान गाएका गायैं छन् । यसका बाजे अलिअलि डाक्टरको दरवन्दि भएका ठाउँमा समेत डाक्टर पुग्न सकेका छैनन् । औषधि खरिदका नाममै मजाको कमिशन तन्त्र चल्छ । सुत्केरी महिलादेखी भत्ता सम्मका सवै कुराहरु विलमै मिल्छन् तर जसले पाउनुपर्ने हो त्यसले पाउँदैन अनि कसरी हुन्छ विकास । हे प्रभु अव तिमिले नै निकालिदेऊ निकास ।
सवैले मागेको पुरा गर्ने कैलासनाथ शिव भगवान यस्ता सवै सरकारी कार्यालयका मान्छेहरुलाई बुद्र्धी फिराउन हप्ताको एकपटक महावुलेक पुग्नै पर्ने सरकारी निर्णय गरिएको    छ ।
यहाँ त स्वीजरल्याण्ड हुँदैछ । किनकी मेडियामा आउँछ जनताको मन छुँदै छ । खडेरी पर्र्यो की पत्रकार गुहार्छन् । खान पााएनन् दैलेखिहरुले । भोकै छन् दैलेखीहरु । डलरको खेती गर्नेहरुका लागि अँझै दशबर्षसम्म दैलेख स्वीजरल्याण्ड नै हो किनकी आधा काम गरे पुग्छ यहाँ धेरै केही गर्नै पर्दैन । काले र गोरेहरुलाई यहाँ विल, राम्रो फोटा र डकुमेन्ट मात्रै भए पुग्छ अनि उनीहरुलाई पट्टाउन हाम्रा खप्पीस मान्छेहरु पनि कम छैनन् ।
त्यसमाथि जेरी बेडीएझै गरि बेडीएका पत्रकारहरुका समेत अहिले त एनजिओहरु भैसकेका छन्  । विचारा पत्रकाहरुलाई पनि समस्या छ के गरुन यस्तो भनेर हुन्छ । जे गरुन तर पत्रकारहरुको पनि आचार संहिता पनि छ । यस्को पालना नगर्नेहरुको पनि भिड बढेको छ रक्सि नखुवाएको झोकमा लेख्छ, चिया नखुवाएको झोकमा लेख्छ। यसको जिम्मेवारी बोकेका निकायहरुले नै हेर्नुपर्ने निर्णय नेपाल सरकारले          गरेको छ ।
तर जे होस जिल्लामा चिल्ला गाडी र पँझेरोमा ढल्किनेहरुले गरेको विकास कसले हेर्ने हो । एक बर्ष पनि नचलेको भौतिक पुर्वाधारको हातल खास्ता छ । यस्ता विकासे कार्यकर्ताहरुलाई आएको विकासको १० प्रतिशत सकेर सय प्रतिसतको विल वनाउनेहरुलाई छानेर एक एक बर्षको लागि अमेरिका भ्रमणमा पठाएउने निर्णय गरेको छ र सवैभन्दा बढी सिफारिस दैलेखबाटै हुने सरकारले जानकारी          गराएको समाचार समेत आएको छ ।
धोग बाणिज्य संघको पिराले छुट्टै छ । चार पाँच महिनादेखी माछा पोखरी बन्यो अनि माछा छोप्न कोही लोहोरे जानु परेन् । स्वरोजगार रकमले सवैलाई जिल पारेको छ । को आफ्नो को विरानो छुट्टाउन नेताहरुलाई यहाँ कुखुराका बच्चा समाउने चिल परेझै भएको छ । हरे भगवान यसका बाजे कसले के गर्न सक्छन् र यहाँ । पानै नलिएर व्यापार चलेको छ । करै नतिरेर धन्द ढलेको छ । मिलिभगतमै देश मोलेको छ ।
जिल्लका यि सवैलाई एक एक महिनाको लागि भारत भ्रमण गरेर सवैको दशा शान्ति गर्न नेपाल सरकारले निर्णय गरेको छ । माथिका सवै निर्णयहरु नेपाल सरकार गाईजात्रे कोशेली २०७० ले तत्काल पारित गरि कार्यान्वय गर्ने निकायहरु समक्ष पुर्याउने निर्णय भएको समेत जानकारी गराउन चाहान्छु ।
प्रस्तोता ः
काँईलावावु श्रेष्ठ ।
गाइजात्रे कोशेली डामाडोल दैलेखबाट ।
बाघ जात्राको दिन प्रस्तुत गरिएको सम्पादन नगरिएको कोशेली हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार