काठमाण्डौं साउन १५ ।
नेपाली काङ्ग्रेसको प्रशिक्षक प्रशिक्षण एक दिन ढिलो गरि मंगलवार सकिएको छ । संविधानसभा चुनावमा देशव्यापी प्रशिक्षण चलाउने उद्देश्यले चार दिन अघि सुरु भएको प्रशिक्षण मंगलवार सकिएको हो । प्रशिक्षण कार्यक्रममा पार्टीको नीति, चुनावी रणनीति, समसामयिक राजनीतिक परिस्थितिमा पार्टीको भूमिकालगायतका विषयमा सहभागीहरूलाई प्रशिक्षण दिइएको थियो ।
पार्टी केन्द्रीय कार्यालय ललितपुरको सानेपामा चलेको प्रशिक्षणमा देशभरका तीन सयभन्दा बढी कार्यकर्ता सहभागी थिए । अब जिल्ला जिल्लामा पनि प्रशिक्षण कार्यक्रम सञ्चालन गरिने काङ्ग्रेसले जनाएको छ । प्रशिक्षण पाएका कार्यकताहरुलाई गाउँ गाउँमा चुनावी अभियान सँगै खठाईने भएको छ ।









