बुलेरो जिप दुर्घटना तीन जनाको मृत्यु, पाँच गम्भीर घाइते

दैलेख जेठ १८ : सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको सु।प ०१००१ च ४९६४ नम्बरको बुलेरो जिप दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । ५ जना घाइते भएका छन् । दैलेख जिल्लाको भैरवी गाउँपालिका–५ को काल गौडाको भिरमा यात्रुवाहक बुलेरो जिप सडकबाट करिब ४ मिटर तल खसेको थियो । दुर्घटनामा परी मृत्यु भएका ३ जनाको पहिचान खुल्न सकेको छैन प्रहरीले उद्धारको काम गरिरहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।

मृत्यु हुनेहरुमा पुल्तिसरा बिक शुभकालिका ६ कालिकोट बर्ष ६० का सोही वडाका कल बहादुर रोकाय र मित्र सुनार रहेका छन् ।

घाइतेहरु मध्ये नैने सुनार र सुमन बिकलाई स्वास्थ्य सेवा कार्यालय दैलेखबाट थप उपचारका लागि सुर्खेत रिफर गरिएको छ । उनिहरुको टाउकोमा चोट छ भने करङ्ग भाँचिएकोले थप उपचारका लागि सुर्खेत पठाईएको स्वास्थ्य सेवा कार्यालय दैलेखले जानकारी दिएको छ ।

अन्य तीन जना घाइतेहरु चक्र सुनार, भरत बि।क। र कमल सुनारको उपचार स्वास्थ्य सेवा कार्यालय दैलेखमा भइरहेको छ ।
दुर्घटना लगत्तै जिल्ला प्रहरी कार्यालय दैलेख र स्वास्थ्य सेवा कार्यालय दैलेखको स्वास्थ्यकर्मी सहितको टोलि घटनास्थल पुगेर उद्धार गरेको थियो । तीव्र गतिका कारण ब्रेक फेल भई दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार