फोर्स गाडी कर्णाली नदीमा खस्यो

दैलेख : सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको फोर्स गाडी कर्णाली नदिमा खसेको छ । बिहान ११ः३० बजे दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका-७ कर्णाली राजमार्ग अन्तर्गत साङगेतरामा सडकबाट करिब ४ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।

क.प्र.०२-००१ ख १०५५ नम्बरको फोर्स गाडी कर्णाली नदिमा खसेको भनी स्थानीयले टेलिफोन मार्फत जानकारी गराएका थिए । अहिले उद्धारका सामाग्री सहित प्रहरी टोली खटिएको छ ।

नदी छेउमा १ जना नाम थर र वतन नखुलेको पुरुष फेला पारी उद्धार गरी सडकतर्फ ल्याउने कार्य भएको प्रहरीले जानकारी दिएको छ । उद्धारका सामाग्री सहित ३५ जना प्रहरी टोली खटिएको र खोजी कार्य जारी छ भने थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार