भारतसँग लम्पसार परेका छैनौंःगौतम

धमाका संवाददाता
दैलेख १५, साउन-         एनेकपा माओवादीका केन्द्रिय सदस्य एवं दैलेखको चुनावी अभियानका संयोजक जीवन गौतमले आफ्नो पार्टीका नेता तथा कार्यकर्ताहरु भारतसँग लम्पसार नपरेको बताएका      छन् ।
माओवादीले कुटनीतिक रुपमा आफ्ना मागहरुलाई विगतदेखी राख्दै आएको छ तर लम्पसार परेको छैन् । नेकपा–माओवादीले लगाएको भारत परस्तको आरोपको खण्डन गर्दै उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।
दैलेखको दुईवटै क्षेत्रहरुमा चुनावी अभियानमा जुटेको आधिकारीक जानकारी दिन गरिएको पत्रकार भेटघाटमा बोल्दै गौतमले एमाओवादी नयाँ जनवादी क्रान्ति र जनयुद्धमा बाँकी रहेका कामहरु पुरा गर्न लागेको बताए ।
विगतकोचुनावमा बहुमत पनि आएन त्यसैले अव सवै क्रान्तिकारी शक्तिहरुको दुई तिहाई मत र माओवादीको बहुमत आयोभने मात्रै जनताको ईच्छाअनुसारको नयाँ संविधान बन्छ यही अभियान गाउँ गाउँमा लियर आएको उनले बताए । चुनावी अभियानको लागि जिल्लामा बैठक सम्पन्न भैसकेको र आम जनताहरुको भावनाको आधारमा कस्तो नेतालाई टिकट दिदा जित्न सकिन्छ भन्ने अभियान पनि सँगसँगै रहेको उनले बताए ।
निर्वाचन क्षेत्र नं. १ का लागि केन्द्रिय सदस्य जीवन गौतम र क्षेत्र नं.२ का लागि नारायणी शर्माको टोलि आजैदेखी गाउँ गाउँ खट्ने एमाओवादीले जानकारी दिएको छ । जिल्ला संयोजक कर्णबहादुर बस्नेतले अभियान वारे जानकारी दिदै गाविस, नगर र वडा वडाहरुमा पुगेर विभिन्न कमिटीहरु निर्माण गर्ने, सम्पूर्ण कमिटीहरु, युवा, जबस, जातिय र क्षेत्रिय मोर्चाहरुको परिचालन गरीने जानकारी दिएका छन् ।
जनयुद्ध विश्राम पछिका दिनहरुमा केही माओवादी कार्यकर्ताहरु विग्रेका पनि     छन् ।
कोही पद र पैसामा लागेका पनि छन् तर समग्र माओवादी विग्रेको छैन्
गौतमले नेकपा माओवादीहरु १० देखी १२ प्रतिशत सम्मा मात्र आफुहरुवाट फुटेर गएको भएपनि त्यसको दोब्वर नयाँ शक्तिका मानिसहरु आफ्नो पार्टीमा आईसकेको बताए । नेकपा माओवादीहरु लाई भ्रम शिर्जना भएको छ उनीहरुले भारतीय दलाल भनेर लगाएको आरोप पुष्टि गर्ने कुनै आधार नभएको भन्दै तत्कालिन समयमा क्रान्ति नविसाएको भए         क्रान्तिकारीहरु सकिने थिए उनले     भने ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार