सरोकारवाला नै सुन्दैनन् रेडियो कार्यक्रम

नवीन रिजाल
साउन २१, दैलेख
सुशासन र   पारदर्शीतासम्बन्धी रेडियो कार्यक्रम यहाँस्थित नारायण नगरपालिकाका सरोकारवाला नै नसुनेको पाइएको छ ।
नेपाल वातावरण पत्रकार समूहको सहयोगमा सामुदायिक रेडियो धु्रवतारा एफएमद्धारा    हरेक शुक्रबार साूझ साढे ६ र शनिबार विहान साढे ७ बजे प्रशारण हुदैं आएको छ । नगरपालिकाको सुशासन र         पारदर्शीता अभिवृद्धिका गर्ने उद्देश्यले सञ्चालित उक्त कार्यक्रम नगरकै सरोकारवालाले नसुनेको प्रतिक्रिया दिएका हुन् ।
नारायण नगरपालिकाका कार्यकारी अधिकृत गगनबहादुर विके आफूले सुन्न नपाएको बताए । ‘बैठक, भ्रमणका कारण कार्यक्रम सुन्न पाएको छैन्’ उनले भने, अब समय मिलाएर सुन्नुपर्ला ।’
नगरबासीले हामीलाई सुशासनमुखी सल्लाह सुझाव नदिएको उनले गुनासो गरे । ‘हामीले कर तिरेका छौं त्यसैले सबै काम नगरपालिकाले गरिदिओस् भन्ने सोचाई छ । निर्माण गरिएका आफ्नै टोलका योजना पनि दिगो गरनुपर्छ भन्ने भावना छैन्’ कार्यकारी अधिकृत विकेले भने ।
रेडियोका स्टेशन मेनेजर चक्र केसीले सुशासन र पारदर्शी बाटोमा नगरपालिका जाओस् भन्ने उद्देश्यले कार्यक्रम नियमित प्रशारण भैरहेको जानकारी दिए ।         उनले भने, ‘कार्यक्रम उत्पादकहरुले धेरै महत्व दिएर कार्यक्रम प्रस्तुत गरिरहेका छन् । श्रोता महानुभावबाटै सकारात्मक नकारात्मक प्रतिक्रिया नै आएको छैन् । सर्वसाधारणले सुनिरहेका हुन्छन् तर सरोकारवालाले सुनेको पाइदैन् ।’ यदि यो कार्यक्रम सबैले सुनेको भए धेरै परिवर्तन ल्याउन सकिने उनको अपेक्षा छ ।
रेडियोले स्थानीय पत्रिका धमाका दैनिक हरेक अंकमा कार्यक्रम सुन्न नभुल्नुहोला भनेर सूचना प्रकाशित गरेको छ । भने रेडियोका अनलाइनबाट समेत संसारभरी जहा पुगेपनि सुन्न सकिन्छ । कार्यक्रम हालसम्म ९ वटा भागहरु प्रशारण भैसकेको छ ।
सरोकारवालामा नगरपालिका कर्मचारी, एलजीसिडिपी अन्तर्गत नागरिक वडा मञ्चका सदस्यहरु, नगरपालिकाद्धारा गठित विभिन्न समूहहरु, उपभोक्ताहरु, सञ्चारकर्मी, असल शासनकर्मी, कार्यक्रमका साझेदार संस्था सामुदायिक सारथीसंग आवद्ध व्यक्तिहरु पर्दछन् ।
सामुदायिक सारथीका नगर संयोजक       हरि चन्द छन्त्यालले सुशासनका लागि रेडियो कार्यक्रम धेरै महत्वपूर्ण छ । यसलाई जनताले सुन्न उत्पे्ररित गराउन रेडियो प्रभावकारी योजना ल्याउन जरुरी छ । रेडियोमा यस्तो कार्यक्रम बज्दछ भनेर भित्तेलेखन, बोर्ड टोलसम्म राख्न जरुरी छ ।
नारायण नगरपालिका २ जारकोटका डम्बर थापाले आफूले भने नियमित सुन्ने गरेको प्रतिक्रिया दिए । ‘कार्यक्रम सुन्छु । हामी    सर्वसाधारणले मात्र सुनेर पुग्दोरहेनछ । जिम्मेवार महानुभावले सुनेमा केही सुधार आउथ्यो’ होला थापाले भने ।
उनी सूचनाको अधिकारका सहजकर्ता समूहका सदस्य समेत हुन् । कार्यक्रम सबैले सुनेमा नगरपालिकाद्धारा वितरण गरिने सेवा सुविधा र विकास योजनाका प्रक्रियाका बारेमा सेवाग्राहीले थाहा पाउने उनको भनाई छ । नगरपालिकाले यस अघि वडा नागरिक मञ्चले थाहा नपाउने गरी काम गथ्र्यो रेडियो कार्यक्रमबाट हामीले त्यस्ता कुरा बुझ्न पाएका छौं अर्का स्थानीय देवु नेपालीले भनिन्, सबैले सुन्न जरुरी छ ।
मानिसहरुमा चेतना जाग्थ्यो ।’ नारायण नगरपालिका सोतका कलम कटुवाल रेडियो कार्यक्रम धेरै उपयोगी भएकाले सरोकारवालाले सुन्नैपर्ने बताउँछन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार