मन भण्डारी–
भ्रष्टाचारको मुख्य कारकतत्व नेपालमा राजनितीलाई मान्न सकिने धेरै आधारहरु सार्वजनिक भएका छन् । ट्रान्सपरेन्सि इन्टरनेशनलले सार्वजनिक गरेको प्रतिबेदनले पनि नेपालमा भ्रष्टाचार बढ्नुको पछाडि राजनितीक कारण लाई प्रमुख मानेको छ । यसै कारण पनि नेपालमा भ्रष्टाचार सार्बजनिक चिन्ताको बिषय बनेको छ । दिन प्रतिदिन बढ्दै गइरहेको भ्रष्टाचारले नेपाली समाजलाइ विनाशतिर धकेल्दै लगेकोले भ्रष्टाचार समाज परिवर्तनको बाधक तत्वको रुपमा स्थापित भएको छ । भ्रष्टाचारले नेपाली समाजमा परेको असर प्रति जिम्मेवार निकाय र सार्वजनिक निकायका पदाधिकारीहरुको ध्यान नजाँदा भ्रष्टाचार दबलो झै फैलाउदै छ । बिषेश गरी राज्यको कानुन हातमा लगेका राजनितीक दलहरु भ्रष्टाचारको मुद्धामा गम्भिर नहुँदा देशमा बिकृति, बिसंगति बढ्दै गइरहेको छ । मुलभुत रुपमा राजनिती गर्नेहरुको विचार तथा आचरणमा आएको बिचलन नै यसको प्रमुख कारण हो । नेपालमा कानुन नबनेका हैनन् र कानुन निर्माणमा नेपाल अगाडि नै छ । तापनि कानुनको कार्यान्वयन हुन नसक्नुले वर्तमान देशको अवस्था चिन्ताजनक बनेको छ ।
राजनितीक दलको प्रतिबद्धताको अभाब र नेतृत्व तहमा कानुनको शासनको पालना नगर्ने प्रवृति नेपालको लागि चुनौति बनेको छ । धेरै प्रयास र संघर्षका बावजुत २०६४ साल मंसिरमा पहिलो संबिधान सभाको चुनाब सम्पन्न भएको थियो । नेपाली जनताले आफ्नो संबिधान आफै लेख्न पाउने आशमा सबै ठाँउबाट प्रतिनिधी चुनेर पठाए पनि । पद र पंैशाको लालच र बिभिन्न कारणले गर्दा पटक पटक समय थपिदा पनि नेपालमा संबिधान बन्न नसकि उल्टै संबिधान सभाको अवसान हुन पुग्यो । नेपाली जनताले चुनेर पठाएका सभासदहरुले संबिधान बनाउन नसके पछि नेपालिहरुमा निराशा पैदा हुनु स्वभाविकै मान्न सकिन्छ ।
चार चार बर्ष सम्म म्याद थपिदा पनि राजनितीक दलहरुमा कुरा नमिल्दा संबिधान निर्माण हुन नसके पछि फेरी नेपालमा संबिधान सभाको निर्बाचन गर्ने तयारी भइरहेको छ । देशमा संबिधान निमार्ण गर्नका लागि भनेर ६०१ जना सभासदलाई नेपाली जनताले ठुलो जिम्मेवारी दिएर पठाए । संबिधान बनाउने जिम्मा पाएका सभासदहरुले संबिधान बनाउनुको सट्टा देशको ढुकुटि रित्याउने काम गरे ।
जसले जुन आशाका साथ सभासद बनाएर पठाएका थिए, उनिहरुको घरदैलोमा फेरी फर्किएर गएनन् नेताहरु । अब फेरी हुन लागेको संबिधान सभाको निर्बाचनमा आम नागरिकहरुले पहिलो संबिधान सभाको निर्वाचनबाट चुनिएका ब्याक्तिहरुले संबिधान निर्माण गर्न नसक्नुको कारण अब भोट माग्न आँउदा जनताले सोध्नै पर्छ, खोज्नै पर्छ । अनि सभाषदको पगरी गुथेर खाएको भत्ताको पनि एक एक गरी हिसाब किताब माग्न सक्नु पछ, उपलब्धि खोज्नु पर्छ । अब फेरी निर्वाचनको प्रचार–प्रसार गर्ने अभियानमा राजनितीक दलका नेताहरु बिभिन्न किसिमका आश्वासनहरु लिएर जनताको घरदैलोमा आउदैँछन । फेरी पनि जनताले ति आश्वासनमा परेर गल्ति दोहो¥याउनु हुदैन ।
बिभिन्न समस्याका बाबजुत आगामि मंसिर ४ गते निर्वाचन गर्छौ भनेर एकथरी राजनितीक दलहरु लागि परेका छन् भने अर्काथरी दलहरु निर्वाचनलाइ बिथोल्ने रणनितिमा अगाडि बढिरहेका छन् । आसन्न मंसिरमा हुन गईरहेको संबिधान सभाको निर्वाचन स्वच्छ, स्वतन्त्र र पारदर्शि रुपमा सम्पन्न भएको सबैले हेर्न चाएका छन् । संबिधान सभाको चुनाब हुनु मात्रै ठुलो कुरा हैंन, चुनाबमा सबैलाई समेटेर लग्न सक्नु र देशमा संबिधान बन्नु सबै भन्दा महत्वपुर्ण बिषय हो । सबैलाइ मान्न हुने खालको भ्रष्टाचार नियन्त्रणमा प्रभाब पार्न सक्ने र राजनितीलाई सुधार गर्ने संबिधानको आशा नेपाली जनताले गरेका छन् । बिगतको संबिधान सभाको चुनाबले बनाउन नसकेको संबिधान मंसिरमा हुने चुनाबले बनाउन सक्ने किसिमको आधार त राजनितीक दलहरु सँग केहि छैन, तै पनि संबिधान बन्नु पर्छ भन्ने आम सर्बसाधारणको चाहना हो । बिगतमा पाएको धोका फेरी नदोहोरीयोस् भन्नका लागी र संबिधानसभा जनमुखि, स्वच्छ, पारदर्शि र सक्षम बनाउन हरेक नेपालीले स्वच्छ छबि भएको सहि उम्मेद्वार छान्न सक्नु पर्दछ । बिगतमा गल्ति गरेका र भ्रष्टाचारमा आरोपित ब्यक्तिहरुलाई चिन्न सक्नु नेपाली नागरिकहरुको महानता मानिने छ । जसले समाजको हितको लागि काम गर्न सक्छ, अनि सामाजिक रुपान्तरणमा योगदान दिन सक्छ र जो स्वच्छ छबिको छ, त्यस्ता ब्यक्तिलाइ चुनेर पठाउन सकेमा संबिधान बन्ने सम्भावना हुने भएकाले सबैको ध्यान जान जरुरि छ । देशको शासन पद्धतिले जनप्रतिनिधि र नागरीक दुबैमा निश्पक्ष कार्यसंकृति र संस्कार बसाउन सकेमात्र लोकतन्त्र सुदृढ र सबल हुन सक्छ । जसका निम्ति सबै दलहरुले कर्मचारीतन्त्रलाई राजनितिकरण नगर्ने प्रतिबद्धता गर्नु पर्छ । हरेक तहमा राजनितिक नियुक्तिको परम्परा त्याग्नु पर्छ । विकास निर्माणमा सबै वर्गको पहँुच स्थापित गर्न सक्नु पर्छ । हरेक उपभोक्ता समितीमा राजनितीक भागबण्डाको संस्कारलाई सदाको लागि त्याग्नु पर्छ । यी सबै कुराको विकास गर्नका लागि आम नागरिक समाज सचेत हुनु पर्दछ । नागरिक समाजले राष्ट्रिय चासोका बिषयमा जानकारी राखेको हुनु पर्छ । राष्ट्र निर्माणमा नागरिक समाजले सकारात्मक भूमिका खेख्न सक्ने हुंदा संबिधान सभाको आगामी निर्वाचनको सन्दर्भमा पनि महत्वपुर्ण भूमिका निर्वाह गर्न सकेको खण्डमा नागरिक समाजको योगदानको कदर हुनेछ । हरेक नागरिक समाज, बुद्धिजिबि र सर्बसाधारणले अबको संबिधान सभाको निर्वाचनको बिषयमा गम्भिर छलफल गरेर संबिधानसभा निबार्नचनलाई उपब्धिमुलक बनाउन योगदान दिन सकेको खण्डमा हामी नेपालीहरुले नयाँ संबिधान पाउन सक्छौ ।









