दैलेख, २१ कात्तिक
नेकपा (एमाले)ले दैलेखका २ वटै निर्वाचन क्षेत्रमा कात्तिक १७ गतेदेखि तिहार अवधिमा स्थगन गरेको चुनावी प्रचार अभियानलाई पुनः निरन्तरता दिएको छ ।
प्राप्त जानकारी अनुसार निर्वाचन क्षेत्र नं. १ को खड्कवाडा र क्षेत्र नं. २ को नेपा गाउँ कमिटीबाट पुनः प्रचार सुरु गरेको हो । चुनावको मिति नजिकिदै गर्दा एमालेले जित्ने पक्का भएकै कारण यसपालि सवै मतदाताको घर घरमा मत माग्दै हिडेको एमालेका सभासद अमर बहादुर थापाले बताए ।
चुनावी सभामा सम्वोधन गर्न क्षेत्र नं. १ का उम्मेदवार अम्मरबहादुर थापा, प्रचार संयोजक रबिन्द्रराज शर्मा, समानुपातिक उम्मेदवार मीनासिह रखाल मगर लगायतका नेताहरुले खडकवाडा हुँदै चुनावी अभियानमा सम्बोधन गरेका छन् । त्यसैगरी क्षेत्र नं. २ को नेपामा हुने चुनावी सभाका लागि उम्मेदवार लक्ष्मीप्रसाद पोखरेल, प्रचार संयोजक एवं राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य बिनोदकुमार शाह, नेकपा (एमाले) का उपाध्यक्ष बरुनाथ योगी लगायतका नेताहरु समेत लगातार खटिएको जानकारी एमाले दैलेखले दिएको छ ।









