अर्यालय प्रहरी महानिरीक्षकमा

काठमाण्डौं कात्तिक २५ ।
सरकारले नेपाल प्रहरीको     महानिरीक्षकमा अतिरिक्त प्रहरी    महानिरीक्षक उपेन्द्रकान्त अर्याललाई बढुवा गरेको छ । मन्त्रिपरिषद्को सोमवार बसेको बैठकले आउने मङ्सिर १ गतेदेखि लागु हुने गरी अर्याललाई बढुवा गरेको हो ।
अर्यालले सोमवार देखी कायममुकायम प्रहरी निरीक्षकको जिम्मा संहाल्नुभएको छ । अर्याललाई यही कात्तिक १४ गते मात्रै सरकारले अरिरिक्त प्रहरी    महानिरीक्षकमा बढुवा गरेको थियो । २०४३ सालदेखि प्रहरी सेवामा प्रवेश गरेर अहिलेका प्रहरी महानिरीक्षक कुवेरसिंह रानाको कात्तिक २९ गतेदेखि ३० वर्षे सेवा अवधि पूरा हुँदैछ ।
नेपाल प्रहरीका अनुसार प्रहरी महानिरीक्षक राना सोमवारदेखी बिदामा बसेका छन् । यसैगरी अब चार दिनपछि सेवा अवधि सकिन लागेकोले अतिरिक्त प्रहरी महानिरीक्षकहरू नवराज ढकाल, रमेशविक्रम शाह, दिनकरशमशेर राणा, भिष्म प्रसाई, गङ्गा पाण्डे, पुष्कर रेग्मी पनि बिदामा बसेका छन् ।
यसैगरी सरकारले संविधानसभा चुनावलाई ध्यान दिँदै मङ्सिर २ गतेदेखि ५ गतेसम्म सार्वजनिक बिदा दिने निर्णय गरेको छ । तर २ र ३ गते अत्यावश्य सेवा प्रदान गर्ने सरकारी कार्यालयहरू भने खुला हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार