मुलुकभर संविधान सभाको चुनाव सम्पन्न भएको छ । सम्पन्न चुनावले यतीवेला परिणाम पनि सँगसँगै दिन थालेको छ ।
अहिले सम्मको परिणामको अवस्था हेर्ने हो भने नेपाली जनताहरुले शासन सत्तामा पुर्याउन र ओराल्न राम्रो पाठ सिकेका रहेछन् भन्नेक कुराको यसले संकेत गरेको देखिन्छ ।
विगतका बर्षहरुभन्दा निकै धेरै उत्साह र निकै धेरै सहभागितामा सम्पन्न गरिएको यसपालिको संविधान सभा निर्वाचनबाट एउटा राम्रो पाठ सिक्ने अवसर नेताहरुले पाएका छन् ।
दैलेखमा मात्र हैन आम नेपालका अधिकाँस स्थानहरुमा अहिलेपनि अधिकाँस मतदाताहरुले मतदान गर्न नजानेको स्पष्ट देखिएको छ ।
दैलेखमा पनि देखिएको ल्याप्चे र रद्द मत गन्न थालेकै वेला उठेको एक प्रसंगले एकछिन त हँसायो तर त्यसको गहिरो अध्ययन गर्ने हो भने अव आम जनताहरुलाई भनेर हरेक बर्ष प्रदान गरिने शाक्षारता शिक्षा लगाएतका अन्य शिक्षाको पहुँच गाउँघरमा कति पुगेको रहेछ भन्ने कुराले अर्थ राखेको वा नराखेको विश्लेषण गर्न सकिने थुप्रै पाटाहरु देखिएका छन् ।
अव हरेक बर्ष सरकारले प्रदान गरिने शाक्षरता शिक्षामा अनिवार्य रुपमा मतदाता शिक्षाको समेत व्यवस्था गर्नुपर्ने देखिन्छ । सरकारले त्यसो गर्न नसके प्रसंगमै उठेको निकै घतलाग्दो कुरा अव बदर मत पार्टीलाई पनि सरकारले मान्यता दिनुपर्ने देखिन्छ ।
किनकी जिल्लाको कुल खसेको मतको मात्रै बदर मतसँग तुलना गर्ने हो भने जित्नेको मत भन्दा बदरमत धेरै हुनसक्ने संभावना बढेको छ । अनि वदरमतपार्टी खोल्नेहरुको पनि निकै ठूलो भिड हुनसक्ने देखिन्छ ।









