विजयी उम्मेदवारलाई शुभकामना

धमाका संवाददाता
दैलेख ७,मंसिर
संविधान सभाको निवार्चनमा दैलेखका दुवै क्षेत्रमा नेकपा एमाले दैलेखले विजय हाँसिल गरेको छ । दैलेख क्षेत्र नं. १ बाट विजयी भएका अम्मर बहादुर थपा र क्षेत्र नं. २ वाट विजयी भएका लक्ष्मी पोख्रेललाई मुखय निर्वाचन अधिकृतको कार्यालयले घोषणा सहित स्वागत गरेको छ ।
दुवै क्षेत्रका निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, गणपति उत्तम बोगटी, प्रहरी प्रमुख प्रज्जवल महर्जन र कार्यालय प्रमुख सहितको टोलिले फुलमाला लगायर स्वागत गरेका थिए ।
स्वागत गर्दै मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जनताको चाहना अनुसार संविधान निर्माणमा जोड दिनुपर्ने र जनताको भावनाको कदर गर्नुपर्ने बताउनुभएको छ  । श्रेष्ठले चुनावमा भाग लिने र सहयोग गर्ने सवैलाई स्वागत गर्दै सवैले जनताको मतको कदर गरेर जनभावना बुझ्न आग्रह गर्नुभएको छ  ।
क्षेत्र नं. २ का निर्वाचन प्रमुख कलानिधी पौडेलले क्षेत्र नम्वर २ वाट विजयी भएका लक्ष्मी पोखरेललाई बिजयको घोषणा गर्दै ।
चुनाव जितेपछि काठमाण्डौ पुग्ने र पुनः गाउँमा फर्केर नआउने नेताहरुको पुरानो परम्परा दैलेखका दुवै उम्मेदवारले तोड्नुपर्ने सुझाव दिनुभएको छ  । संविधान निर्माणमा अहम भूमिका खेल्न उहाँले आग्रह गर्नुभएको छ ।
दुवै क्षेत्रमा एमालेको विजय भएपछि एमाले निकटका कार्यकर्ताहरुले साँझै नाराजुलुस समेत गरेका थिए ।
प्रमुख जिल्ला अधिकारी होमनाथ थपलियाले दैलेखको चुनाव निकै शान्तिपुर्वक सम्पन्न भएको यसका लागि खटिएका सवै राष्टसेवक कर्मचारीहरु, दलका प्रमुख प्रतिनिधीहरु सवैलाई धन्यावाद दिदै बिजयी उम्मेदवारहरुले जनता र देशको लागि सँधै कटिबद्ध भएर लाग्न सुझाव दिनुभएको थियो । कार्यक्रम सहायक प्रमुख जिल्ला अधिकारी दानबहादुर ऐडीले संचालन गर्नुभएको थियो ।
नेकपा एमाले दैलेखका अध्यक्ष समेत रहेका अम्मर बहादुर थापा यसअघि २०६४ को संविधान सभाको चुनावमा काँग्रेसका गणेशबहादुर खड्कासँग पराजित हुनुभएको थियो । विगतमा धेरै समयदेखी राम्रो पक्कड जमाउन सफल भएका नेपाली काँग्रेसका पुर्व राज्य मन्त्री गणेशबहादुर खड्कालाई यसपटक अमर बहादुर थापाले उछिनेका छन् । खड्का यसअघि दैलेखको क्षेत्र नं. १ बाट विजयी भएका थिए । े
यसअघिको संविधान सभामा एमाले बिजयी भएको क्षेत्र नं. २ मा यसपटक पनि बिजयी भएको छ । २ वाट लक्ष्मी पोखरेलले विजय प्राप्त हाँसिल गर्नुभएको हो । क्षेत्र नं. २ वाट विजयी भएका लक्ष्मीप्रसाद पोखरेलले १५ हजार ६ सय १९ मत प्राप्त गर्नुभएको छ  ।
चुनाव जिताएका एमाले कार्यकर्ताहरु मात्र नभई अव आम जिल्लावासिहरुको भावना र समस्याको समाधानका लागि दुईवटै नेताहरु दुवै क्षेत्रमा लाग्नुपर्ने देखिएको छ ।
नेकपा एमाले दैलेखले घोषणा गरेको स्थानीय प्रतिबद्धलाई सँधै ख्याल गर्दै अगाडी बढ्नुपर्ने देखिन्छ  । राष्ट्रिय राजनीतिले नयाँ मोड लिएको यतीवेलाको अवस्थामा नेपाली काँग्रेस र नेकपा एमालेलाई जनताहरुले देशको निकास दिने ठूलो पार्टीको रुपमा अगाडी बढाएका छन्  । अव यो देशका ठूला पार्टीका रुपमा विकास भएका दुई पार्टीले देशका हरेक संकट समाधान गरि जनतालाई संविधान र विकास सँगसँगै बढाएर लिनुपर्ने चुनौतीको समाना गर्नुपर्ने वेला आएको छ

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार