अव एनसेलले बोनास दिने

काठमाण्डौ १४
मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले अन्तर्राष्ट्रिय आगमन कलमा बोनस पाउने योजनालाई पुनः सुचारु गरेको छ । एनसेलले ‘कल आयो पैसा पायो’ नामक योजनालाई मंसिर ११ गतेदेखि पुनः सञ्चालनमा ल्याएको छ । यो योजना एनसेलका प्रिपेड तथा पोष्टपेड दुबै सेवामा लागू गरिएको छ । प्रत्येक अन्तर्राष्ट्रिय आगमनकलमा एनसेल प्रयोगकर्ताले बोनस सुविधाको उपयोगका लागि १७१०७ मा फोन गरेर सेवा एक्टिभेट गर्नुपर्नेछ ।
योजनामा सहभागी हुने ग्राहकहरूले विश्वका कुनै पनि देशबाट आएको फोन रिसिभ गर्दा प्रतिमिनेट एक रूपैयाँ तुरुन्तै बोनस प्राप्त गर्नेछन् । योजना अनुसार एक पटकमा अधिकतम १० रूपैयाँसम्म बोनस प्राप्त गर्न सकिनेछ । बोनस रकमले एनसेल नेटवर्कभित्र फोन गर्न, एसएमएस गर्न र इन्टरनेट सेवा प्रयोग गर्न सकिनेछ । बोनस रकम भने पाँच दिनभित्र प्रयोग गरिसक्नुपर्ने जनाइएको छ । एनसेलले ‘कल आयो पैसा पायो’ नामको यो योजना असार २८ गतेदेखि असोजको १४ गतेसम्म लागू गरेको थियो । पहिलो अवधिमा एनसेलले अन्तर्राष्ट्रिय कलका लागि ल्याएको बोनस अफरमा २६ करोड ८० लाख रूपैयाँ ग्राहकलाई बाँडेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार