केही दिनअघि एनेकपा (माओवादी)का अध्यÔ प्रचण्डले संविधानसभाको सेरोफेरोमा आफूबाट चार वटा प्रमुख ‘गल्तीहरू’ भएको बताएका थिए । हुन त उनी गल्तीहरू गरिरहने र गल्तीका लागि Ô मा माग्न बेरै नलगाउने व्यक्ति हुन्, तर ती ‘गल्तीहरू’लाई उनले विशेÈ जोड दिएर बोलेका थिए । ती ‘गल्तीहरू’ यस प्रकार छन्– (१) गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति मान्न अस्वीकार गर्नु (२) सहमतीय प्रणालीका सट्टामा बहुमतीय प्रणालीमा सहमति जनाउनु (३) रुक्मांगद कटवाललाई कारबाही गरी सैन्य प्रमुखबाट हटाउनु र (४) तत्कालीन संविधानसभामा असहमतिलाई मतदान प्रक्रियामा नलैजानु । वास्तवमा प्रचण्डले धेरै सैद्धान्तिक–वैचारिक गल्तीहरू गरेका छन् र देश, जनता, पार्टी र क्रान्तिलाई धोखा नै दिएका छन् र गद्दारी नै गरेका छन् । त्यत्ति मात्रै हैन, उनी वैचारिक दृष्टिले स्खलितै भएका छन् र भारतीय विस्तारवादको नयाँ दलालै बनेका छन् तर यहाँ उनका अन्य गल्तीहरूको चर्चा गरिएको छैन र उनका उल्लेखित ४ गल्तीहरूमै सीमित रहेर ती गल्तीहरूलाई वर्गीय दृष्टिले विश्लेÈ ण गरिएको छ । उपयुक्त कार्य वा घटनाहरूमध्ये पहिलो र दोस्रो कार्यहरू हुँदा उनको कुनै राष्ट्रिय जिम्मेवारी थिएन, उनी केवल एउटा पार्टीको अध्यÔ र संविधानसभाका निर्वाचित सदस्य थिए, तेस्रो कार्य उनी प्रधानमन्त्री हुँदा भएको हो भने चौथो कार्य हुँदा उनी प्रधानमन्त्री थिएनन् । तत्कालीन संविधानसभामा गठित कथित विवाद समाधान उपसमितिको संयोजक थिए जुन शक्तिशाली नै थियो । जहाँसम्म गिरिजालाई राष्ट्रपति बनाउन अस्वीकार गर्ने कुरा छ, त्यो वर्गीय दृष्टिले एकदम ठीक कार्य हो, गल्ती विल्कुलै हैन । नेपालको निरंकुश शाहवंशीय राजतन्त्र फाल्नलाई जससँग पनि सहकार्य वा कार्यगत एकता गर्नु सही हो, त्यो सही नीति थियो तर राजतन्त्र ढलिसकेपछि गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति र त्यो पनि गणतन्त्र नेपालको प्रथम राष्ट्रपति स्वीकार्नु चाहीं कुनै पनि गणतन्त्रवादीका लागि सही कार्य हुन सक्दैनथ्यो किनकि गिरिजा जन्मजात राजतन्त्रवादी थिए, गणतन्त्रमा उनी र सिङ्गो नेपाली कांग्रेस बाध्य भएर मात्रै आएको हो । यथार्थ के हो भने यदि राजतन्त्रलाई काखी च्यापिरहने हो भने पूरै कांग्रेस सखाप हुने देखेपछि बल्ल तिनीहरूले गणतन्त्रलाई स्वीकार गरेका हुन् । राजतन्त्र निलम्बित अवस्थामा रहँदा पनि गिरिजाले आफू प्रधानमन्त्री छँदा कहिले ‘आलंकारिक राजतन्त्र’ त कहिले ‘शिशु राजतन्त्र’ को कुरा गर्थे र सोको स्थापनाका लागि पनि सुरुसुरुमा प्रयास गरेकै थिए तर पछि नेपालमा गणतन्त्रको लहर यति बेगवान भएर उर्लियो कि उनीलगायत कुनै राजतन्त्रवादीको केही लागेन । त्यसैले यस्तो मान्छेलाई सजिलैसँग राष्ट्रपति मान्ने कुरा माक्र्सवादी–लेनिनवादी–माओवादी वा क्रान्तिकारीका लागि सही हुनै सक्दैनथ्यो ।
क्रान्तिकारीहरूले आङ्खनै कुनै छुट्टै उम्मेदवार खडा गरेर अघि बढ्नु नै सही कार्यनीति हुन्थ्यो र प्रचण्डको नेतृत्वमा त्यतिबेला त्यही गरिएको थियो । यसमा क्रान्ति कारीहरूले जीत हासिल गरेनन्, सारा देशी–विदेशी प्रतिक्रियावादीहरू एकगठ भएर हराई दिए । अन्ततः एउटा कांग्रेसी नै राष्ट्रपति बने, त्यो बेग्लै कुरा हो । यस सन्दर्भमा एउटा ध्यान दिनुपर्ने कुरा के छ भने रामवरण यादव जस्तो एउटा सामान्य नेतृत्वको मान्छेले राष्ट्रपति जित्दा त प्रचण्डलगायत सारा क्रान्तिकारीहरूलाई ठूलो सकस प¥यो, तिनले कटवाल प्रकरणमा पछारेका पछारै पारे, झन गिरिजा जस्तो स्थापित, निरङकुश र हैकमवादी मान्छे राष्ट्रिपति र प्रचण्ड प्रधानमन्त्री भएको भए क्रान्ति, पार्टी र स्वयम् प्रचण्डकै के हालत हुन्थ्यो होला ? कि त प्रचण्डले निकै अगाडि राजीनामा दिनुपथ्र्याे, कि त पूरै विचार र लाइन छोडेर वर्ग समन्वय गरेर अघि बढ्नुपथ्र्याे, जुन गर्दा पार्टी र क्रान्ति त्यतिबेलै ध्वस्त भइसक्थ्यो । त्यस्तो मान्छेलाई राष्ट्रपति बनाएर जनगणतन्त्रको दिशातर्फ कसरी अगाडि बढ्न सकिन्थ्यो ? तर प्रचण्ड अहिले आएर त्यसलाई गल्ती भनेर जो स्वीकार गरिरहेका छन् त्यो फेरि बेठीक हैन, किनकि उनी वैचारिक पतन भएर देश, जनता, पार्टी र क्रान्तिलाई धोखा दिदै र गद्दारी गर्दै अहिले जहाँ आइपुगेका छन् त्यो कांग्रेस र एमाले भएकै ठाउँ हो, केही वरपर होला तर सारतः भूमि उही हो र त्यहाँ उभिएर स्खलित दृष्टिले हेर्दा गिरिजालाई महान नदेख्नु र उनलाई राष्ट्रपति स्वीकार नगर्नु गल्ती नै देखिन्छ । एउटै वर्ग धरातलमा उभिएपछि यो स्वाभाविकै हो । यदि प्रचण्ड अहिले पनि क्रान्तिकारी रहिरहेको भए उक्त कार्यलाई निश्चितै रूपमा अहिले पनि सही ठान्दथे । यस अर्थमा भन्न सकिन्छ उनको यो स्वीकारोक्ति उनी वैचारिक दृष्टिले पतन भएको तथ्यको पुष्ट्याइ हो र यसबाट उनी पहिल्यैदेखि नै नेपाली क्रान्तिलाई सिध्याउन चाहँदा रहेछन् भन्ने पनि देखिन्छ । दोस्रो गल्ती अर्थात् सहमतीय प्रणालीका सट्टामा बहुमतीय प्रणालीमा जान स्वीकार गरिएका सन्दर्भमा त्यो गल्ती हुन पनि सक्छ, नहुन पनि सक्छ । वर्गीय दृष्टिले हेर्दा पनि यही हो । सामान्यतया बहुमतीय प्रणालीभन्दा सहमतीय प्रणाली नै राम्रो मान्ने गरिन्छ तर निरपेÔ रूपमा हैन र त्यो स्थितिमा भर पर्छ ।
क्रान्तिकारीहरूका लागि एउटा वर्गीय र अर्काे वर्ग विरोधी भन्ने छैन । दुवै प्रणाली क्रान्तिकारीहरूका लागि हितकर हुन सक्छ भने अहितकर पनि । प्रक्रियावादीहरूका लागि पनि यही कुरा सत्य हो तर जुन कारणले यो प्रणालीमा जानुप¥यो भनेर भनियो, त्यो हो भने यसलाई स्वीकार गर्ने कुरालाई सही मान्न सकिन्छ । सहमतीय प्रणालीलाई बदर गरेर बहुमतीय प्रणालीमा जान सहमति जनाएर आएको बेला व्यवस्थापिका संसदको बैठकमा यस पङतिकारसँग कुरा गर्दा प्रचण्डले के भनेका थिए भने बहुमतीय प्रणालीमा गए मात्रै गणतन्त्र स्वीकार्ने, नत्र नस्वीकार्ने भनेर गिरिजाले शर्त राखेकोले बाध्य भएर बहुमतीय प्रणाली स्वीकार गरेर आइयो । यो कुरा सत्य हो कि हैन थाहा छैन, किनकि प्रचण्ड त सत्य–असत्य, उल्टो–सुल्टो, सोझो–बाङगो सबै कुरा गर्ने मान्छे न परे । यदि यो सत्य हो भने त्यो ठीक छ किनकि यी दुई प्रणालीभन्दा गणतन्त्र नै ठूलो र महत्वपूर्ण कुरा हो । बहुमतीय प्रणालीबाट बेफाइदा मात्र हुन्छ भन्ने कुरा हैन । त्यसबाट क्रान्तिकारीहरूले पनि फाइदा उठाउन सक्छन् । बहुमतीय प्रणाली स्वीकार गरेर गणतन्त्र हासिल गर्नु नै ठूलो उपलब्धि हो र यस अर्थमा यो गल्ती नै हैन र वर्गीय कोणबाट पनि यो गल्ती हैन तर यदि यस्तो हैन र प्रचण्डले भित्रभित्रै अरु नै खेल खेलेका थिए भने कुरो बेग्लै हो । सहमतीय प्रणालीलाई नछोडेको अवस्थामा गणतन्त्र प्राप्त नहुने हो भने प्रचण्डले बहुमतीय प्रणाली स्वीकार गर्नुलाई गलत मान्न सकिन्न तर थाहा छैन– प्रचण्ड अहिले उक्त कार्यलाई गल्ती मानिरहेछन् । उनले क्रान्तिकारी विचारबाट च्यूत भएपछि सहीलाई पनि गलत र गलतलाई पनि सही पो भन्न थालेका हुन् कि ? वा आजभोलि मतिभ्रष्ट भएका हुन् कि ? तेस्रो गल्ती अर्थात रुक्मांगद कटुवाललाई सैन्य प्रमुख पदबाट निष्काशन गरिएको कारबाही त झन् वर्गीय दृष्टिकोणबाट शतप्रतिशत सही कार्य हो, कुनै पनि दृष्टिले गल्ती हुँदै होइन ।
जनयुद्धका दौरानमा त्यतिका दमन गरेका तथा रायमाझी आयोगले समेत दोÈ ी ठहर गरेको र प्रचण्डकै नेतृत्वमा सरकार भएको बेलामा प्रधानमन्त्री, रÔ ामन्त्रीलाई अनादर र अटेर गर्ने, गणतन्त्र आइसक्दा पनि राजतन्त्रको पÔ पोÈ ण गर्दै हिंड्ने, धर्मनिरपेÔ ता, सङघीयताजस्ता संवैधानिक व्यवस्थाहरू विरुद्ध विÈ वमन गर्दै हिंड्ने व्यक्तिलाई निर्वाचित एवम् वैधानिक सरकारले सुरुमा स्पष्टीकरण माग्नु र त्यो चित्तबुझ्दो नआएपछि कारबाही गरेर सैन्य प्रमुख पदबाट निष्काशन गर्नु विल्कुल सही कार्य हो । त्यो कारबाही त वास्तवमा एकदम आवश्यक थियो, बरु उमाथि कारबाही ढिलो गरियो । यद्यपि उक्त कारबाही एकदमै प्रत्युत्पादक हुन गयो, त्यस कारबाही पश्चात सारा देशी–विदेशी प्रतिक्रियावादीहरू मिलेर राष्ट्रपति मार्फत् उक्त कारबाहीलाई बदर गराए, एक प्रकारको ‘कू’ नै गरे र अन्ततः प्रचण्डले नै स्वयम् प्रधानमन्त्री पदबाट हात धुनुप¥यो, त्यो बेग्लै कुरा हो तर उक्त कारबाही एकदम जायज र उचित कारबाही थियो । अहिले आएर प्रचण्डले त्यसलाई पनि गलत मान्नुका पछाडि कारण तिनै हुन जुन गिरिजालाई राष्ट्रपति मान्न अस्वीकार गर्नुका पछाडि हुन भनेर माथि चर्चा गरिएको छ । जहाँसम्म चौथो गल्ती अर्थात तत्कालीन संविधानसभामा सहमति नभएपछि मतदान प्रक्रियामा नलैजानु गल्ती थियो भन्ने कुरा छ, त्यो सही हो र मतदान प्रक्रियामा नलैजानु वास्तवमा गल्ती नै थियो । वर्गीय दृष्टिकोणबाट पनि यो कुरा सही हो । कुनै विÈ यमा थुप्रै मान्छेहरूका बीचमा सहमति नभएपछि मतदानमा लैजानु र मतदानकै प्रक्रियाबाट छिनोफानो गर्नु प्रचलित र स्वभाविक परम्परा पनि हो । त्यसो गर्नु जरुरी थियो र गर्नैपथ्र्याे तर तत्कालीन संविधानसभामा कथित विवाद समाधान उपसमितिको संयोजक रहेका र सोको जिम्मेवारी पाएका प्रचण्डले मतदानमा लग्दै लगेनन् । पछि अवधि नथपिएको हुनाले संविधानसभाको दुःखद् एवम् उपलब्धिविहीन अवसान भयो भने प्रचण्ड–बाबुराम गुटले व्यवस्थापिका–संसदकै विघटन समेत गरायो । परिणाम स्वरूप दुवै निकाय रहेनन् । त्यतिबेला प्रचण्डलाई हामीले मतदान प्रक्रियामा किन नलगेको भनेर सोधेका थियौं । उनले प्रत्यूत्तरमा दुइटा कुरा गरेका थिए– एक, कांग्रेस र एमाले सहमतिमा पनि आएनन् र त्यसपछि मतदान प्रक्रियामा लैजान मान्दै मानेनन् । दुई, संविधानसभामा मतदान प्रक्रियामा लगिएमा रक्तपात हुन्छ भनियो ।
हामीले ती कुराको जोडदार प्रतिवाद ग¥यौं र भन्यौं, ‘कांग्रेस एमालेहरू नमानेर त मतदानमा लैजाने नि, मानेको भए त सहमति नै भैहाल्थ्यो नि । कांग्रेस र एमालेलाई मनाउने प्रयास गर्नुभयो, त्यो ठीक हो तर नमानेपछि पनि मानेनन् भनेर त्यत्तिकै छोडिदिने हो त ?’ प्रचण्ड नाजवाफ । दोस्रो कुराको पनि हामीले जोडदार प्रतिवाद ग¥यौं र भन्यौं, मतदान प्रक्रियामा लगेमा रक्तपात हुन्छ भनेर कसले भन्यो ? रक्तपात कस्ले गर्ने र किन गर्ने ? यस्तो हावादारी कुरा पनि गर्ने ? कुरा नमिलेपछि मतदानमा जानु स्वाभाविकै हो र त्यो जरुरी पनि हुन्छ । यदि कसैले रक्तपात गर्ने नै थियो भने पनि हामी सङघीयताका पÔ धर ४२० जना सभासद के हातमा दही जमाएर बस्थ्यौं र ? फेरि अर्काे महत्वपूर्ण र ध्यान दिनुपर्ने कुरो के छ भने सुशील कोइराला, झलनाथ खनाल, माधव नेपालहरू भएका भए त रक्तपातभन्दा डराए कि भन्न पनि हुन्थ्यो तर तपाई त त्यो मान्छे हो जो महान् जनयुद्धको नेतृत्व गरेर आएको छ, हजारौंलाई मारेको र हजारौंलाई मराएको छ, त्यस्तो मान्छे पनि रक्तपात भन्दा डराउने ? यस्तो नपत्याउँदो कुरो पनि गर्ने ?’ प्रचण्ड फेरि केही बोलेनन््, कुनै जवाफ दिएनन् । किनकि मतदान प्रक्रियामा नलैजानुमा यी कारणहरू थिएनन् । कारण अर्कै थियो । अहिले ढिलै भए पनि प्रचण्डको घैंटामा घाम लागेछ र त्यसलाई गल्तीसम्म स्वीकार गरेछन् । त्यसलाई सकारात्मकै मान्नुपर्छ तर उनले अझै सोका वास्तविक कारण बताएका छैनन् । त्यसको वास्तविक कारण के हो भने वैचारिक पतन भएपछि प्रचण्ड प्रचण्ड रहेनन् । पुष्पकमल दाहाल हुँदै उनी छविलाल दाहालमा पतन भए र त्यसपछि उनीभित्रको बाहुनवाद उर्लेर आयो र उनलाई पनि जातीय स्वायत्तता अर्थात् तमुवान, मगराँत, लिम्बुवान, ताम्सालिङ थारुवान आदि ठीक लागेन र यो एजेन्डालाई उनले बिचैमा तुहाइ दिएका हुन् । यो तथ्यलाई केही वर्È अघि ‘हिमाल’ पत्रिकामा प्रकाशित उनका भनाइले पनि पुष्टि गर्छ । सो अनुसार, उनले एकदिन साँझ आङ्खना नजिकका र विश्वासिला पत्रकारहरूलाई बोलाएछन् र जाँडपानीको प्रक्रियाका बीचमा भनेछन्– ‘आज तपाईहरूसँग एउटा गोप्य कुरा भन्छु, यो चाहिं अफ द रेकर्ड होस् । मैले जीवनमा जातीय स्वायत्तताको नीति अङगीकार गरेर ठूलो भूल गरेछु, अब म यसलाई विस्तारै सच्याउँदै जान्छु । ‘पत्रकारहरूले उनलाई प्रश्न गरेछन्,’ तपाई त्यसो गर्न सक्नुहुन्छ र ? तपाईको पार्टीमा यो सवाल धेरै जब्बरसँग गाडिएको छ त । त्यतिबेला उनले कोसिस गर्ने अठोट गरेका थिए रे । उनले कहिले राज्य पुनसंरचना समितिको प्रतिवेदन उल्टाउने कुनियतका साथ संविधानसभामा कथित विशेÈ ज्ञ समितिको गठन गर्ने कुप्रयास र कहिले नामाङकन र सीमाङकनबिनाको ८ र ११ प्रदेशको प्रस्ताव गरेबाट पनि यो तथ्यको पुष्टि हुन्छ । यसबाट उनी जातीय पहिचानसहितको सङघीयताका पÔ मा छैनन् भन्ने कुरा प्रष्टै देखिन्छ । जातीय स्वायत्तताको पÔ मा भएको व्यक्तिले यस्ता अन्टसन्ट कुरा गर्ने थिएन र यो विÈ यलाई मतदानमा अवश्य लैजाने थियो । किनकि त्यहाँ २÷३ भन्दा बढी मत यसको पÔ मा थियो ।
प्रचण्डमा वैचारिक स्खलन आइसकेको हुनाले त्यस्तो स्वाभाविक पनि हुन गयो होला । किनभने व्यवहारतः के देखिन्छ भने जब कुनै मान्छे वैचारिक हिसाबले पतन हुन्छ, त्यो मान्छे यदि महिला हो भने बढी मेकअप गर्न र स्टाइल गर्न थाल्छ तर यदि पुरुष हो भने जुवातास खेल्न, जाँडपानी धोक्न र वेश्यावृत्ति गर्न वा स्वास्नी थुपार्न र धन सम्पत्ति कमाउन थाल्छ । साथै, त्यस्तो मान्छेले रातो रङग र क्रान्तिकारी विचार पनि छोड्न थाल्छ । सर्वहारा वर्ग, उत्पीडित जाति÷समुदाय, लिङग र Ô ेत्रको पÔ धरता र सही विचार एवम् दृष्टिकोणहरूलाई तिलाञ्जली पनि दिन थाल्छ । यदि बाहुनपस्–Ô ेत्री समुदायको हो भने त्यो मान्छे वाहुनवादी बन्दो रहेछ र जनजाति हो भने जनजातिवादी, महिला हो भने महिलावादी, दलित हो भने दलितवादी र मधेशी हो भने मधेसवादी बन्दो रहेछ । तत्कालीन संविधानसभामा सहमति नभए पनि मतदान प्रक्रियामा नलैजानु र स्पष्टीकरणका सम्बन्धमा अनेकौं कुतर्क गर्नै हिड्नुका पछाडि मुख्य कारण यही हो । र, एमाओवादीभित्रका दलित, मधेसी, मुस्लिम, महिला र मुख्यतः आदिवासी÷जनजातिहरूले यस तथ्यलाई बुझ्न जरुरी छ ।
अन्तमा, प्रचण्डका यी चार ‘गल्तीहरू ? लाई वर्गीय दृष्टिकोणबाट विश्लेÈ ण गर्दा के स्पष्ट हुन्छ भने उनले जुन कुरालाई गल्ती नमान्नुपर्ने हो, त्यसलाई पनि गल्ती मानेका छन् र जुन वास्तवमै गल्ती हो, त्यो गल्ती गर्नुका कारण खुलाएका छैनन् । उनले गल्ती मानेका कदमहरू वास्तवमा भन्ने हो भने साहसिक, अग्रगामी र क्रान्तिकारी कदमहरू थिए तर यतिबेला उनी नवसंशोधनवाद, वर्ग समन्वयवाद र राष्ट्रिय आत्मसमर्पणवादको भासमा जाक्किएका हुनाले नै त्यस्ता कार्यहरूलाई पनि गल्ती देखिरहेका छन् र सुल्टोलाई पनि उल्टो भनिरहेका छन् । त्यसैले, ग्यारेन्टीका साथ भन्न सकिन्छ–यदि प्रचण्ड वैचारिक स्खलन नभएर क्रान्तिकारी नै रहिरहेका हुन्थे भने ती कदमहरूलाई गलत देख्ने हैन कि, तिनलाई विल्कुल सही ठानेर त्यसको जोडदार प्रतिरÔ ा गरिरहन्थे । त्यति मात्र हैन, पार्टी विभाजन पनि हुने थिएन र नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न नै नभए पनि यो प्रक्रिया निश्चितै रूपमा अघि बढ्थ्यो नै । विचार धेरै ठूलो र महत्वपूर्ण कुरा हो, यसबाट पतन भएपछि को कति तल पुग्छ ? भन्न सकिन्न । प्रचण्डमा आजभोलि देखिने उल्टा, विसङगतिपूर्ण र पश्चगामी सोंच, दृष्टिकोण, अभिव्यक्ति र क्रियाकलापहरूका पछाडि यही वैचारिक पतन नै मूल कारण हो ।









