धमाका संवाददाता
दैलेख मंसिर २५
उखानै छ “माल पाएर पनि चाल नपाएको” त्यस्तै भएको दैलेखको पर्यटन विकासमा राज्यका नीति निर्माताहरुले चासो व्यक्त गर्न थालेका छन् ।
काठमाण्डौं, लुम्बिनी पछिको तस्रो स्थानमा परेको भनेर विभिन्न बिश्लेषण गरिएपनि राज्यले दैलेखलाई नीतिगत रुपमा राख्न नसकेकोले दैलेखको पर्यटन पर्वद्धनमा समस्या उत्पन्न हुँदै आएको छ ।
स्थानीय स्तरदेखी राष्ट्रिय स्तरका संचार माध्यामहरुमा कार्यरत संचारकर्मीहरुले स्वयं आफ्नो वलबुताले प्रचार प्रसारमा सहयोग प¥याएको दैलेखको पर्यटन पर्वद्धनका लागि जिल्ला विकास समिति र नारायण नगरपालिका लगायत जिल्लाभर विकासको पहुँच प¥याउन तल्लिन भएका ५५ गाविसहरुले समेत यसलाई ठोस उपलब्धिको रुपमा हाँसिल गर्न सकेका छैनन् ।
बास्तवमै दैलेखको पर्यटनको बिकास हुन सके केही सिमित व्यक्तिहरुलाई व्यक्तिगतरुपमा फाईदा अवश्यपनि पुग्ने छ तर त्यसले सिंगो जिल्लाको नाम उच्चरण गर्दा आम जिल्लावासिहरुलाई पनि यो गौरवको बिषय बनाउनुपर्छ ।
जव जिल्लामा पर्यटकहरुको लर्को लाग्न थाल्छ त्यतीवेला अहिले आवाज उठाईरहेका संचार माध्याम, संचारकर्मी र केही व्यक्तिहरुलाई यसले नाफा नदिएपनि जिल्लामा रहेका पर्यटन व्यवसायिहरुलाई भने पक्कै पनि फाईदा पुग्छ ।
सँगसँगै राज्यले नीतिगत रुपमा दैलेखको पर्यटनलाई घोषणा गर्र्यो भने त्यसले सिंगो दैलेखमा निकै सकारात्मक असर पार्ने देखिएको छ । पछिल्ला दिनहरुमा पर्यटन व्यवसाय प्रर्वद्धन सँग पर्यटकीय क्षेत्रहरुको पर्यटन व्यवसायलाई राष्ट्रिय र अन्तराष्टिय रुपमा परिचित गराउने र नीति निर्माताहरु समक्ष दबाव दिन सक्ने क्षमतावान मानिसहरुको एक पर्यटकीय टोलि पहिलोपटक काठमाण्डौबाट दैलेख आउने तयारी भएको जानकारी पाईएको छ ।
अहिले भिटोफका अध्यक्ष श्री शिव लामिछाने र डा प्रेम शर्मा लगायतको तीस जनाको टोलिले दैलेखका केही महत्वपुर्ण पर्यटकीय स्थलहरुको अवलोक गर्नै तयारी भएको निर्मला गिरीले जानकारी दिएकी छन् ।
टोलिमा पर्यटन वोर्ड, पर्यटन मन्त्रालयका सहसचिवहरु लगायत, पत्रकारहरुको समेत उपस्थिती रहने जानकारी दिईएको छ ।









