सुर्खेत , २ पौष
सुर्खेतबाट जजमानी गर्न दैलेख आइपुगेका एक व्रहामणका कारण पुजा लगाउने घरकै व्यक्तिले प्रसाद चढाउन पाएनन् ।
पुजा सम्पन्न गराउन सुर्खेत लाटिकोइलीबाट दैलेखको सेरी गाविस वडा नम्वर ५ पुगेका ब्राहमण कृष्णप्रसाद बास्कोटाले स्थानीय धनसरी विकलाई आफ्नै घरमा लगाइएको सत्यनारायणको पुजामा प्रसाद चढाउन नदिएका बताइएको छ । गत मंसिर २९ गते आफ्नै घरमा लगाइएको पुजामा उनले प्रसाद चढाउन नपाएको महिला शसक्तिकरण मञ्च दैलेखका सामाजिक परिचालक सम्झना विकले जानकारि दिइन । दलितहरुले प्रसाद चढाउन दलितको जातले नजानेको भन्दै प्रसाद नै चढाउन नदिएको सम्झनाले बताइन । ब्राहमण बास्कोटाले बत्ती बाल्न र आफ्नै घरमा बनाएको प्रसाद चढाउन नदिएको पीडित धनसरी विकले बताइन । आफू कर्ता बसेपनि ब्रामणले प्रसाद चढाउँन नमिल्ने बताएपछि प्रसाद चढाउन छिमेकी माथिल्लो जातिका जितबहादुर शाहीलाई धनसरीको घरमा प्रसाद चढाउनको लाथि कर्ता बनाइएको थियो । धनसरीको पुजामा सोही गाविस वडा नं. ४ का ठकुरी जातीहरुले मात्रै प्रसाद तयार गरेका थिए । दलितहरुले बनाएको माथिल्लो जातिका छिमेकीले नखाने भएकोले ठकुरी जातिका व्यक्तिहरुलाई बोलाएर प्रसाद बनाउन लगाईएको हो ।
घरमा सत्यनारायणको पुजा लगाउन खोज्दा गाउँमा ब्राहमण नपाइएपछि सुर्खेतबाट बास्कोटालाई लिइएको थियो । ब्राहमण बास्कोटा १० बर्ष सशस्त्र युद्धमा ६ महना भूमिगतसमेत भएका थिए । पुँजाकै दिन यस विषयमा छलफल गर्नखोज्दा स्थानीय राजनीतिक दलहरु नेपाली काँग्रेस र एमालेका प्रतिनिधिहरुले छलफल गर्ने विषय भएको बताए पनि छलफलमा सहभागि भएका थिएनन् । नेपाली काँग्रेस गाउँ कार्यमतिका सभापति पूर्णहादुर शाही र एमालेका मीनबहादुर शाही छलफलमा सहभागि नै नभई थाहा नदिई पुजाबाट भागको दलित समुदायको गुनासो छ ।
सुरुमा गाउँको कुरालाई बाहिर नल्याएपनि दवावमा बस्न नसकेपछि दलित अधिकारकर्मीहरुको सहयोगमा घटना बाहिर ल्याइएको पीडित बिकले बताइन । पीडतहरुले दलित महिला सजालको सहयोगमा रानीमत्ता प्रहरी चौकीमा उजुरी दिने तयारी जानकारी दिइन ।









