समिक्षा कार्यक्रम सम्पन्न

दैलेख, ५ पौष
अनौपचारीक क्षेत्र सेवा केन्द्र इन्सेक दैलेखको आयोजनामा नेपाल मानबअधिकार बर्ष पूतक २०१४ को बार्षिक पुर्ब समिक्षा कार्यक्रम सम्पन्न भएको छ । सन २०१३ को देखी २०१४ सम्म भएका मानब अधिकार उल्लघनका घटनाहरुको पुर्नपुष्टी तथा घटनाहरुलाई समाबेश गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको इन्सेक प्रतिनीधी यज्ञराज थापाले बताए ।
कार्यक्रमका प्रमुख अतिथी र्पुब सभासद राजबहादुर बुढाले अनौपचारीक क्षेत्र सेवा केन्द्रले मानब अधिकारका घटनालाई उठाएर बास्तबिक पिडीत न्याय पाउनका लागी सहयोग गरिरहेको र इनसेकले गरेको काम लाई राज्यलाई जिम्मेवारी बोध गर्नु पर्ने बताए ।
कार्यक्रमका  अतिथी साहायक प्रमुख जिल्ला अधिकारी बसन्त कुमार कनौडियाले अनौपचारीक सेवा क्षेत्रले मानब अधिकारका घटनालाई उजागर आइरहको र यसका कारण धेरै मानीसहरुले न्याय पाएको बताए । जिल्ला अदालत दैलेखका श्रेस्तदार आन्दराज पन्तले मान अधिकार बर्ष पुस्तक निकाल्दा अदालती प्रक्रियामा गएका घटनालाई समेट्न नहुने बताएका  थिए । कार्यक्रममा बिभिन्न राजनैतिक दलका प्रमुख एवम प्रतिनीधीले इन्सेक जस्तो मानब अधिकारको क्षेत्रमा काम गर्ने सस्थाले कसैको पनि पक्षपोषण गरेर काम गर्ने नमिल्ने बताएका थिए । कार्यक्रममा नागरिक समाज ,बुद्धिजीबी पत्रकार दलित अगुवाको सहभागीता रहेको थियो

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार