काठमाण्डौं पौष ११ ।
सरकारले संविधानसभाका ज्येष्ठ सदस्यको सपथ राष्ट्रपतिले गराउने गरी नयाँ अध्यादेश सिफारिस गरेको छ । मन्त्रिपरिषद्को बिहीवार बसेको बैठकले संविधानसभा निर्वाचन दोस्रो संशोधन अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो । अध्यादेशअनुसार संविधानसभाको पहिलो बैठकको अध्यक्षता सबैभन्दा ज्येष्ठ सदस्यले गर्ने सूचना तथा संचारमन्त्री माधवप्रसाद पौडेलले जानकारी दिएका छन् । यसैबीच बैठकले १० जना नायब प्रहरी महानिरीक्षक डिआईजीको सरुवा पनि गरेको छ । त्यस्तै नेपाली सेनाका दुई सहायक रथीलाई उपरथीमा र तीनजना महासेनानीलाई सहायक रथीमा बढुवा पनि गरेको छ ।









