प्रअको नौ दिन हाजीर गयल

धमाका संवाददाता
दैलेख पौष ११ ।
यहाँको एक बिद्यालयका प्रअको नौ दिन हाजीर काटिएको छ । दैलेखको पिलाडी गाविसमा रहेको जयजनता उच्चमाबिका प्रअ धिरेन्द्र बिसीको हाजीर काटिएको हो ।        जिल्ला बाट गएका जिल्ला शिक्षा अधिकारीलाई प्र.अ.ले हेलचक्राई गरेको गुनासो बिद्यार्थीले गरेपछि उनको हाजिरी काटिएको हो ।
बिद्यालयमा उपस्थित कम हुने र उपस्थित हुँदा पनि मदिरा सेवन गरी आउने गुनासो विद्यार्थीहरुले गरेपछि जिल्ला शिक्षा अधिकारी अम्बिका प्रसाद आर्चायले प्रअको नौ दिन हाजिर काटेका हुन ।
प्र.अ. धिरेन्द्र बिसीले आफु खुसी बिद्यालयमा आउने र बाहीर जाने गरेपछि उनको हाजिर काटिएको      थियो । प्रअ बिसीले आगामी दिनमा त्यस्तो गरेमा अन्य प्रअको बिकल्प खोज्ने जिल्ला शिक्षा अधिकारी आर्चायले चेतावनी दिएका छन् ।
जिल्ला शिक्षा अधिकारी आउने खबर हुँदा पनि बिद्यालयमा कसै शिक्षक र अन्य कर्मचारीलाई नै खबर नगरी सर्खेत गएपछि उनको हाजीर काटिएको हो ।
प्रअ सहित अन्य तीन जना शिक्षकको समेत हाजीरी हेरीएको र बिद्यालयमा उपस्तिथ नभएर तलब खाएका शिक्षकको समेत तलब कट्टिगरिने जिल्ला शिक्षा अधिकारीले बताए ।
स्थानीय अभिभावकले राजनैतिक आडले प्र.अ. बिद्यालयमा कम आउने र गुनासो गर्दा उल्टै धम्काउने       गरेको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार