उच्चस्तरीय राजनैतिक समितिको बैठक बिना निर्कष सकियो

धमका संबाददाता
काठमाण्डौ पुष २०
मुख्य दलका शिर्ष नेता सम्मिलित उच्चस्तरीय राजनितिक समितिको बैठक बिना निष्कर्ष सकिएको छ । संविधानसभाको पहिलो बैठक राष्ट्रपति वा     मन्त्रिपरिषद् अध्यक्षमध्ये कसले बोलाउने भन्ने विषय छलफलको मुख्य एजेण्डा बनाईएको भएपनि त्यसले पुर्णता भने पाउन सकेन ् यसबारे मुद्धा अदालतमा         विचाराधीन रहेकोले उच्चस्तरीय समितिले पनि ठोस निर्णय गर्न नसकेको बताइएको छ ।  अदालतमा विचाराधीन रहेको बिषयमा उच्चस्तरीय समितिले निर्णय गर्न नमिल्ने भन्दै नेताहरुले ठोस निर्णय गर्न नसकेका हुन् । तर संविधानसभाको पहिलो बैठक सकेसम्म छिटो बोलाउने दलहरुवीच सहमति भएको बुझीएको छ । राजधानीको        बबरमहतमा रहेको शान्ति कोषको सचिवालयमा समितिको बैठक बसेको थियो ।  नेपाली काङ्ग्रेस र एमाले नेताहरुले राष्ट्रअध्यक्षको हैसियतले अहिलेको अवस्थामा       राष्ट्रपतिले नै बैठक बोलाउनुपर्ने धारणा सार्वजनिक गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार