काठमाण्डौ २५ पौष
एक वर्षभित्रमा संविधान जारी गर्नका लागी नेपाली कांग्रेसले नव निर्बाचीत सभासद्हरु संग छलफल थालेको छ ।
काङ्ग्रेस नेता नरहरि आचार्यको संयोजकत्वमा बनेको पाँच सदस्यीय सुझाव संकलन समितिले सुझाव संकलन थालेको हो । समितिले तयार पारेको मस्यौदामा पार्टी सभापति सुशील कोइरालासहित, वरिष्ठ नेता तथा सभासदहरुकाबीच प्रस्तुत गरिएको छ । त्यही मस्यौदामा आधारित भएर प्रत्यक्ष निर्वाचति तथा समानुपतिकका सभासदले पाँच दिनभित्र मैखिक र लिखित सुझाव दिनुपर्ने काग्रेस प्रवक्ता दिलेन्द्रप्रसाद बडूले जानकारी दिए । अघिल्लो संविधानसभामै धेरै विषयमा सहमति भइसकेकाले सबै पहिलेझै सबै समिति राख्ने कि नराख्ने भन्ने विषयमा पनि सुझाव संकलन गरिने बडूले जानकारी दिए । आफू पहिलो पार्टी भएकाले पनि संविधानसभाको पहिलो बैठक छिटो बोलाउन र एक वर्षभित्र संविधान लेखको कामको रुपरेखा तयार पार्ने कामलाई प्राथमिकता दिइएको काङ्ग्रेसले जनाएको छ ।









