नविना हिरोजक
सुर्खेत माघ २ ।
सुर्खेत जिल्ला फूटबल संघको आयोजनामा (शुक्रबार) देखि वीरेन्द्रनगर सी डिभिजन लिग जिल्लास्तरीय फूटबल प्रतियोगिता शुरु हुने भएको छ । पहिलो खेलमा दिउँसो साढे १२ बजे पुरानो क्लव एबीसी र नवप्रवेशी युवा जागरण क्लवबीच प्रतिष्पर्धा हुने भएको छ । यसैगरी ४ गते दिउँसो साढे १२ बजे वीरेन्द्रनगर स्पोर्टस क्लब र न्यू जेनेरेशन आमने सामने हुँदा दिउँसो २ बजे नौलो एकता र भैरव युवा क्लब बीच भीडन्त हुने भएको छ । ् जिल्लास्थित १२ टीमको सहभागिता रहने प्रतियोगिताको फाईनल खेले ११ गते हुने सुर्खेत जिल्ला फूटबल संघका महासचिव गणेशकुमार कार्कीले जानकारी दिए । लग कम नकआउट आधारमा खेलाईने प्रतियोगिताको लिग चरणदेखि फाइनल सम्ममा १५ वटा खेल संचालन हुने र प्रतियोगिताको विजेता टीमले यहि माघ २० गते हुने क्षेत्रीय स्तरीय बी डिभीजन लिग खेल्न पाउने छ ।









