दलका नेता सं राष्ट्रपतीले गरे छलफल

धमाका संवाददाता
 काठमाण्डौं माघ ५ ।
राष्ट्रपति डा रामबरण यादवले संसदको बैठक बोलाउने बाताबरण बनाउन प्रमुख तीन दलका शीर्ष नेताहरुलाई आग्रह गर्दे सवै दलका प्रमुखहरु सँग भेटघाट गरेका छन् ।
आईतवार आफ्नै निवासमा प्रमुख तीन दल नेपाली काङ्ग्रेस, एमाले र एकीकृत माओवादीका शीर्ष नेताहरुलाई बोलाएर राष्ट्रपति यादवले संसदको बैठक र सरकार गठनका विषयमा चासो राखेका थिए ।  दलका नेताहरुले भने छिट्टै संसदको बैठक आह्वानका लागि मन्त्रि परिषद् अध्यक्षसँग छलफल गर्ने बताएका छन् । सहमतिका साथ अघि बढ्ने र सरकार पनि सहमति कै बनाउने प्रतिवद्धता आफूहरुले जनाएको बैठकपछि एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जानकारी दिएका छन् ।
राष्ट्रपति यादवले आफ्नो पदावधिका बारे पनि शीर्ष नेताहरुसँग चासो राखेको बताईएको छ  ।  विवाद नगरि सहमति गर्न आग्रह गर्दै दलहरुबीचको सहमति आफूले मान्ने बताएको नेताहरुले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार