कांग्रेसलाई प्रधानमन्त्री एमालेलाई राष्ट्रपती

काठमाडौं माघ ५ ।
संविधानसभाका पूर्वध्यक्ष सुवासचन्द्र नेम्वाँङले प्रधानमन्त्री, राष्ट्रपति र सभामुख पहिलो, दोस्रो र तेस्रो दललाई बाँडेमा मात्र सहमतीको सरकार र संविधान निर्माणमा सहजता पुग्ने बताएका छन् ।
पहिलो दललाई प्रधानमन्त्री वा         राष्ट्रपतिमध्ये के लिने भनेर रोज्न लगाउनुपर्न उनको भनाई छ ।
पहिलो दल कांग्रेसले प्रधानमन्त्री    रोजे दोस्रो ठूलो दल एमालेले            राष्ट्रपति र तेस्रो दल एमाओवादीले सभामुख पाउनुपर्ने नेम्वाङको भनाइ छ ।
यो गर्दा कांग्रेसले प्रधानमन्त्री रोज्यो भने एमालेले राष्ट्रपति पाउँछ । पहिलो संविधानसभाले संविधान नबनाई विघटन भइसकेको अवस्थामा पुरानै राष्ट्रपति रहनुपर्छ भन्ने जिकिर लोकतान्त्रिक मूल्य विपरीत रहेको नेम्वाङको तर्क छ ।
२६ सीटमा वैद्ययलाई माओवादीलाई सहभागी गराउनुपने  बताएका छन् ।
इलामबाट निर्वाचित सभासद नेम्वाङले वैद्यय समूहलाई संविधानसभामा ल्याउन तत्कालै वार्ता प्रक्रिया थाल्नुपर्ने बताए ।  आफु  एमाले गुटको नेता भएको भन्दै  विभिन्न नेताहरुवीच भइरहेको गुटबन्दीको विरोध गरेका छन । जो कोहीले पनि राष्ट्रपति पाउन सक्ने नेम्वाङको तर्क छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार