अछाम माघ ८ ।
खुल्ला दिसा मुक्त जिल्ला घोषणा पछि पनि अछाममा अधिकांस मानिसहरुले सौचालय प्रयोग नगरेको पाइएको छ । चेतना बिस्तारमा देखिएको सुस्तताका कारण उनीहरु खुला रुपमै दिसा पिसाब गरिरहेका हुन । दुर्गम गाउ बस्ती भन्दा सदरमुकाम र केही बिकसित क्षेत्रमा नै खुल्ला रुपमा दिसा पिसाब देखिने गरेको सर्वसाधारणले वताएका छन् । उनीहरुले चेतना बिस्तार तथा निती नियमको पालना गराउन नसक्दा खुल्ला दिसामुक्त अभियान नाम मात्रमा सिमित भएको बताएका छन् ।









