महासंघ र चौतारीको आपति

दैलेख माघ १३ ।
जिल्लामा पछिल्ला दिनहरुमा एक साप्ताहिक पत्रिकामा प्रकाशित समाचारलाई तत्थ्यहिन र पुर्वाग्राहि रुपमा प्रकाशित भएको भन्दै नेपाल पत्रकार महासंघ दैलेख शाखा र प्रेस चौतारी नेपालले आपत्ती प्रकट  गरेका छन् ।
प्रेस चौतारी नेपाल जिल्ला शाखा दैलेखका अध्यक्ष गोविन्ददेव  भारतीद्धारा हस्ताक्षरीत बिज्ञप्तिमा पत्रकार महासंघको आसन्न निर्वाचनलाई लक्षित गरी एउटा पत्रकारको नैतिकतामाथि प्रश्न उठाउने ध्येयका साथ सार्वजनिक भएका समाचारहरुले आम जनसमुदायमाझ राम्रो सन्देश नदिएको भन्दै बिरोध जनाएको छ । प्रोपागाण्डा फैलाउने नियतले आएका भ्रामक समाचारप्रति कुनै सत्यता नभएकाले विश्वास नगर्न चौतारीले सबैलाई अपिल समेत गरेको छ ।
नेपाल पत्रकार महासांघका सह सचिव पृथ बयलकोटीद्धारा हस्ताक्षरीत विज्ञप्तिमा नेपाल पत्रकार महासंघ जिल्ला शाखालाई जोडेर केही दिनयता सामाजिक सञ्जाल र पत्रपत्रिकामा आएका समाचारहरुका सम्बन्धमा गम्भिर ध्यानाकर्षण भएको बताईएको छ ।
एउटा पत्रकारको व्यक्तिगत कामको विषयलाई लिएर महासंघको संस्थागत बदनाम गर्ने काम भैरहेकोप्रति गम्भिर आपत्ति प्रकट गर्दै महासंघले व्यक्तिगत मनोकांक्षा पुरा गर्ने उद्देश्यले महासंघको बदनाम नगर्न सचेत समेत गराएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार