सुर्खेत अख्तियारमा उजुरी धेरै

सुर्खेत फागुन २ ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय सुर्खेतमा उजुरीको  दिन प्रतिदिन खात लागेको छ । ५ महिनाको अवधिमा ५ सय ४ वटा उजुरी परेको कार्यालयले जनाएको छ ।    यस अवधिमा सबैभन्दा बढी शिक्षासम्बन्धी उजुरी परेका छन् । कार्यालयमा परेका    उजुरीमध्ये ६१ वटा भ्रष्टाचार र ८३ वटा अनुचित कारबाहीका रहेका        छन् । केही उजुरीका प्रकृति रिसिइबीले दिइएको जस्तो देखिएको छ । शिक्षासँगै संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयसँग सम्बन्धित अनियमितता का उजुरी परेका छन् ।         अहिलेसम्म स्थानीय निकायसँग सम्बन्धित १ सय ४ वटा उजुरी      परेका छन् । वनसँग सम्बन्धित ७७, भूमिसुधारसम्बन्धी २९, गृहसँग सम्बन्धित २२, भौतिक पूर्वाधार सम्बन्धी २३ स्वास्थ्यसम्बन्धी १५, सिँचाइ सम्बन्धी १४ उजुरी परेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार