कमल शर्मा
दैलेख २१ फागुन
जिल्लाभर रहेका ५५ गाविस र १ नगरपालिका मध्ये हालसम्म ३० वटा गाविसहरु खुलादिशामुक्त गाविस बन्न सफल भएका छन् । पछिल्लो तीसौं गाविसको रुपमा गमौडी गाविस रहेको छ । सोमवार गमौडी गाबिसलाई खुल्ला दिशामुक्त गाबिस घोषणा गरिएपछि खुल्ला दिशामुक्त गाबिसको संख्या ३० पुगेको हो । ६ सय ४८ घरधुरी मध्ये ६४५ वटा पक्की शौचालय र ३ वटा कच्चि शौचालय निर्माण पछि गाबिसलाई खुलादिशामुक्त गाविस घोषणा गरिएको छ ।
पुर्ब जिल्ला बिकास समितिका उपसभापती सुर्य बहादुर शाही गाउँ खोपानी तथा सरसफाई स्वच्छता समन्वय समितिका अध्यक्ष चक्र बहादरु थापाले सयुक्त रुपमा खुल्ला दशिामुक्त गाबिस घोषणा गरेका हुन् । दैलेख जिल्ला लाई सन् २०१४ सम्म खुल्ला दिशामुक्त जिल्ला घोषणा गर्ने उद्देश्यका साथ ५५ गाबिस र एक नगरपालीका मध्ये हालसम्म ३० गाबिस र नगरपालीकाको वडान ः ३ खुल्ला दिशामुक्त भइसकेका छन् ।









