धमाका संवाददाता
दैलेख चैत्र ४
दैलेख धार्मिक पर्यटकहरुका लागि निकै धेरै संभावना बोकेको जिल्ला हो । दैलेखका रहेका पंचकोशी तिर्थस्थल वरपर सदियौदेखी निरन्तर बलिरहेका ज्वाला लगायतका अन्य धेरै ऐतिहाँसिक महत्वका स्थलहरु रहेका कारण पंचकोशी क्षेत्र धार्मिक पर्यटकहरुका लागि महत्वपुर्ण गन्तब्य बन्न सक्ने देखिन्छ । विगत पाँच दिनदेखी दैलेखका शिरस्थान, नाभिस्थान, कोटीला, पादुका, धुलेश्वर लगायतका स्थलहरु घुमेका धर्मगुरुहरुले दैलेख धार्मिक रुपमा बनावटी नभई बास्तवीक थलो भएकोले आगामी बर्षदेखी पंचकोशी क्षेत्र भर ज्वाला कुम्भ मेला लगाउनु पर्ने आवश्यकता औल्याएका छन् ।
दैलेखको संभावनाको अध्ययन गर्न आएका धर्मगुरु श्री एकहजार आठ चक्रवर्ती महाराज सहितको २० जनाको टोलिले विभिन्न बेद र पुराणहरुमा उल्लेख गरिएका कुराहरुको विश्लेषण गरेर दैलेखको पंचकोशी क्षेत्रको परिक्रमा ग
पंचकोशीको मुल द्धारका रुपमा रहेको कोटीला क्षेत्र, शिवको मुख्य शिर अवतारको रुपमा रहेको शिरस्थान, नाभि स्थल रहेको क्षेत्र नाभिस्थान, पाऊ स्थल रहेको क्षेत्र पादुका, धुलोस्थल रहेको क्षेत्र धुलेश्वरका साथै तल्लो ढुगेश्वर, भैरवी लगायतका स्थानहरु परिक्रमा गरेमा १२ बर्षमा एकपटक लाग्ने कुम्भ मेलामा समेत जानु नपर्ने उनीहरुको तर्क छ ।
बर्षेनी नेपालीहरु लाखौं रकम खर्च गरेर भारत लगायतका अन्य स्थानहरुमा धार्मिक आस्थाका आधारमा जाने गर्दछन् तर बास्तवीक भुीमका रुपमा रहेको दैलेखको पंचकोशी क्षेत्रलाई अहिलेसम्म पहिचान गर्न नसकेकोले यो क्षेत्र ओझेलमा परेको चक्रवर्ती महाराजले जानकारी दिएका छन् । पंचकोशी क्षेत्रको महिमा र पहिचानलाई बिश्वका धार्मिक व्यक्तिहरु माँझ पुर्याउन सके मात्र बर्षमा बिसौं लाख धर्मावलम्मिहरु दैलेख आउने भएकोले यस्तो अभियानमा आफुहरु लाग्ने र त्यसको लागि जिल्लाका सवै नागरिकहरुले सहयोग गर्नपर्ने धर्मगुरुहरुले बताएका छन् ।
२० जनाको टोलिमा आएका धर्म गुरुहरुले आगामी २०७१ सालमा ज्वाला कुम्भ मेलाको सुरुवात गर्ने बताएका छन् । यसको लागि जिल्लाका पत्रकार, नागरिक समाज, समाजसेवी, धर्मावलम्बी, उद्योगी र व्यापरिका साथै कार्यालय प्रमुखहरुले सहयोग गरे सफल हुने र जिल्लाको आर्थिक, राजनीतिक, सामाजिक र साँस्कृतिक विकासमा निकै ठूलो ठेवा पुग्ने बताईएको छ ।









