विस्थापीत बादी समुदायलाई पुनः राहत

कमल शर्मा
दैलेख ७ चैत्र
असारको  पहिलो साता कर्णालीको बाढीबाट विस्थापित बनेका दैलेखको तल्लोडुगेश्वरका २३ घर वादी परिवारलाई  पुनः राहात बितरण गरिएको छ । बाढीले गाँस, वास र कपासको समस्यामा परेका बादी समुदायहरु अहिलेपनि खोलाको किनारमै बसोवास गरिरहेका छन् ।
कारितास नेपालको आर्थिक सहयोग सामाजिक बिकास    बातावरण संगठनको सहकार्यमा प्रतिब्यक्तिलाई ५४ दिनसम्मका लागि २३ सय १० केजी चामल ८ सय १० केजी दाल २ सय ८० लिटर तेल , ५सय ४० केजी स्वायवीन २सय ८०केजी  नुन बितरण गरिएको छ । तत्कालिन समयदेखि लत्ताकपडा, खाद्य सामग्री समेत बाढीले बगाएको थियो भने समुदायका बालबालिकाहरु समेत समस्यामा पर्दै आएका थिए ।
कारितासका प्रमुख जनक शर्मा सहितको टोलिले बादी बस्तीमा पुगेर राहात बितरण गरेको छ ।  विपद्बाट ज्यानबाहेक सबै गुमाएकाले आफूहरुमाथि दिनहुू समस्या थपिएको राधा वादीले बताईन् । आज भोली माछा मारेर आफ्नो दैनिक गुजारा चलाएको बादु समुदायको गुनासो छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार