बिपन्न वर्गलाई तालीम

धमका संबाददाता
दैलेख १६ चैत्र
विश्व बैक ,स्वीच डेभ्लोमेन्ट सस्थाको आर्थिक सहयोग तथा नेपाल  राष्ट्रिय प्राबिधिक शिक्षालय सुर्खेतले सहजीकरणमा दैलेखमा बिपन्न बर्गका १२० जना युवा युवतीलाई  तालीम दिन लागिएको हो ।
गरिवी निवारण कोष ,र  सामुदायिक बिकास कार्यक्रम संचालन भएका गाबिसमा  गरिएको सर्बेक्षणमा क,ख,ग मा परेका बिपन्न तथा अति बिपन्न र अपाङ्ग लाई तालीम दिन लागिएको   बताइएको छ ।
तालिम चैत्र १२ गत्रे बाट जिल्लाका तिन स्थानमा तालीम संचालन भएको छ ।   तालीममा  सिलाई कटाई तालिम ,मोवाईल मर्मत तालिम ,सामुदायिक पशु पालन ब्यबसाय ,सम्बन्धी तीन महिने तालीम संचालन भइरहको कार्यक्रम संयोजक चन्दन कुमार शाहाले जानकारी दिए ।
सिलाई कटाई तालीम नौमुले , तल्लोडुङ्गेश्वर ,सामुदायिक पशुपालन तालीम ,भवानी ,     नारायण ६ भुर्ति , मोवाईल मर्मत ना न पा ६ गणेशचोकमा संचालन भएको छ । कार्यक्रममको कार्यन्वयन रोजगारकोषको संचिवालय ,हेल्भटास नेपाल , नेपाल सरकारले गर्ने जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार