धमाका संवाददाता
दैलेख १९ चैत्र
बैद्य समुहका नेता तथा कार्यकर्ताहरुले आफ्ना केही संरचनाहरु परिवर्तन गरि गाउँस्तरसम्म संगठन विस्तारमा जुटेका छन् ।
संविधान सभाको चुनावको एक्लो विरोधमा उत्रेको शक्ति भएको नेकपा माओवादीले जिल्ला प्रमुखलाई अहिले पार्टी सचिवको रुपमा राखेको छ भने अन्य केही पदमात्रका संगठनात्मक शैलीहरुमा समेत फेरवदल गरेको छ ।
सवै कार्यकर्ताहरुलाई भूगोलवाटै राजनीति सुरु गरेर पदभन्दा जनपक्षीय रुपमा अगाडी बढ्ने नीतिअनुरुप यस्तो संरचना सुरु गरिएको बुझिएको छ ।
अधिकाँस कार्यकर्ताहरु राज्य समिति लगायतका विभिन्न संरचनाहरुमा पदमा देखिएपनि जनताका कुराहरुका लागि समस्या परेको भन्दै सवै कार्यकर्ताहरुलाई भूगोलको राजनीति गर्न यसो गरिएको एक कार्यकर्ताले बताए ।
पहिलो जिल्ला सम्मेलनले विगतमा ईन्चार्जको भूमिका निर्वाह गरिरहेका प्रमुख रामलाल बिकलाई नै सचिवको जिम्मेवारी दिईएको छ ।
करिव ४ सय कार्यकर्ताहरुको उपस्थितीमा पहिलो सम्मेलन सम्पनन भएको एक कार्यकर्ताले जानकारी दिएका छन् ।
सम्मेलनले १२ सदस्यीय सचिवालय गठन गरेको छ । जसअनुसार गजेन्द्र राई, गंगे कामी, भरत रेग्मी, कृष्ण गुरुङ्ग, लछीराम ढकाल, दिर्घ शाही, गणेश रावत , जगत हमाल, लालबहादुर शाही, दिपक शाही लगायत रहेका छन् । ९५ जना सदस्य रहेको कार्यसमिति निर्माण गरिएको छ ।
प्रेस सल्लाहकारका रुपमा रत्न शाही रहेका छन् ।









