बैशाख ६ दैलेख ।
जात्रा र मेलामा रातभर नाँचीने विभिन्न नाँचहरु पछिल्ला दिनहरुमा लोप हुन थालेपछि यस्ता सँस्कृतिहरु जोगाउने अभियान सुरु गरिएको छ ।
पासो, रत्यौली, धमारी, भासी लगायतका पुराना नाँचहरु लोप हुन थालेपछि पंचकोशी देउडा समाज डाँडीमाडीले यस्तो अभियान थालेको हो ।
विगतमा रातीमा लाग्ने जात्रा र मेलामा मात्र अक्सर गाईने र प्रस्तुत गरिने यस्ता सँस्कृतिहरु आजभोली रातीमा मेला नलागेपछि लोप हुँदै गएका छन् ।
यस्ता सँस्कृति जोगाउनका लागि अभियान थालिएको तेजबहादुर हमालले बताए ।
गाउँदेखि शहर सम्म यसको संरक्षणका लागि विभिन्न निकायहरु सँग सहयोग मागिएको र दैलेखको महत्वपुर्ण परिचय झल्कने यस्ता सँस्कृतिहरु जोगाउन सवैको दायित्व हुनुपर्ने उपेन्द्र शाहीले जानकारी दिएका छन् ।









