धमाका संवाददाता
सुर्खेत २४ जेठ
अन्तर्राष्ट्रिय नेपाली वाङ्मय प्रतिष्ठान नेपालले डायास्पोरिक साहित्यका अनुसन्धाता रामकृष्ण आचार्य सम्मानित भएका छन् ,। शनिवार राजधानीमा आयोजित कार्यक्रममा संविधान सभाका सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले अचार्यलाई उक्त पुरस्कार प्रदान गरेका हुन् पुरस्कारको राशि नगद रु. १५हजार सहित प्रमाणपत्र रहेको छ ।
त्रिभुवन विश्वविद्यालय, शिक्षाशास्त्र सङ्काय, नेपाली भाषा शिक्षा विभागअन्तर्गत देशभरका क्याम्पसका शोधपत्रहरुको मूल्याङ्कन गर्दा रामकृष्ण आचार्यको डायास्पोरिक साहित्यको अनुसन्धानमा भएको शोधपत्र वि.सं. २०७० सालको उत्कृष्ट शोधपत्र ठहरिएको थियो ।
बेलायतमा केन्द्रीय कार्यालय रहेको अन्तर्राष्ट्रिय नेपाली वाङ्मय प्रतिष्ठानले प्रत्येक वर्ष यो पुरस्कार प्रदान गर्दै आएको छ । यस वर्ष केन्द्रीय कार्यालयको तत्वावधानमा अन्तर्राष्ट्रिय वाङ्मय प्रतिष्ठान नेपालले एक कार्यक्रमको आयोजना गरी उक्त पुरस्कार प्रदान गरेको हो । आचार्य बडलम्जी–६, दैलेखका स्थायी वासीन्दा हुन् ।









