नेतृत्व बिकासका लागि तालीम

धमाका संवाददाता
दैलेख असार २७ ।
महिला सशक्तिकरण मञ्च दैलेखले जिल्लाका थप दुईवटा स्थानहरुमा संचालन गरेको  महिला नेतृत्व  परियोजना अन्तरगत गाउँमा काम गर्ने सहजकर्ताहरुलाई तालिम दिएको छ ।
महिलाहरुको नेतृत्व परिवर्तन र सशक्तिकरणका लागि तालिम प्रदान गरिएको हो । महिला अधिकारमा     आधारीत सहजकर्ताहरुको       रिफ्लेक्ट तालिम सम्पन्न      गरि तत्कालै गाउँमा गएर अधिकार र सशक्तिकरणका लागि काममा खटिने कार्यक्रम संयोजक चित्रा बिकले    जानकारी दिईन् । मालिका र गामौडी गाविसमा यो बर्ष थप गरेर जिल्लाका पाँच स्थानहरुमा महिला नेतृत्व परियोजना संचालन भैरहेको छ ।
तालिमका प्रशिक्षक सोनालाल चौधरीले काम     गरेपछि मात्र त्यसको महत्व बुझिने भन्दै तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उर्तान आग्रह    गरेका छन् । महिला सशक्तिकरण मञ्चकी कार्यबाहक अध्यक्ष सुनीता चन्दको अध्यक्षतामा       गरिएको तालिम समापन कार्यक्रममा बोल्दै महिलाहरुको हरेक सवालहरुलाई अगाडी बढाउनका लागि जनचेतनामा आफुहरुले काम गरेको बताईन् । आफुहरुको काम धारा, पुर्वाधार, स्कुल बनाउने र देखाउने नभई अधिकार संरक्षणका लागि भित्रैदेखि महिलाहरुलाई उर्जाशिल गराउने भएकोले छिट्टै बाहिर नदेखिने चन्दको भनाई छ । “कार्यक्रम संचालन गरिएका गाविसहरुमा महिलाहरुले आफ्नो अधिकार रक्षाको लागि लड्न सक्ने क्षमतावान भैसकेका छन् । ” हाम्रो प्रगती त्यही चन्दले भनिन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार