दैलेखमा विषादीबारे कसले चासो राख्ने

मौसमी तथा बेमौसमी तरकारी वालीको उत्पादन सुरु गरिएसँगै त्यस्ता तरकारी वाली र फलफुलमा लाग्ने रोग किराहरुको नष्ट गर्नका लागि कृषकहरुले विभिन्न किसीमका बिषादीहरु प्रयोगमा ल्याएका छन् ।
रोग र किराबाट बचाउन भन्दै कृषकहरुले तरकारीमा प्रयोग गरेको बिषादीले मानव जीवनमा प्रत्यक्ष रुपमा प्रभाव पारेको अधिकाँसलाई थाहा छ । बिषादीलाई राग  किरा नष्ट गर्ने सुत्रको रुपमा मात्रै प्रयोग    गरियो तर त्यसको उपयोग गर्नेलाई मात्र हैन् ।
प्रयोग गर्ने, ओसार पसार गर्ने र उपभोग गर्ने सवैलाई कालान्तरसम्मका शन्ततीहरुका लागि सम्म असर गर्छ भन्ने जनचेतना नभएका कारण अहिले मानव जीवनमा देखिएका विभिन्न समस्या सँगै रोगसँग लड्ने    प्रतिरक्षात्मक प्रर्णालीमा समेत कमि आएको देखिएको छ  ।
बिषादी प्रयोग कति मात्रामा गर्ने, प्रयोग गरेको कतिदिनसम्म बिक्रि वितरण गर्न नहुने र बिषादी प्रयोग गरिसकेपछि र प्रयोग गर्दा अपनाउनुपर्ने उपायहरुको बारेमा कृषकहरुलाई समेत थाहा नभएकोले दैलेखमा पनि बिषादी प्रयोग मात्रात्मक रुपमा प्रयोग हुन सकेको छैन् । रकम कमाउने नाममा र        रोग किरा रोक्ने नाममा कृषकहरुले अनियन्त्रित रुपमा प्रयोग गरेको उच्च बिषादीका कारण क्यान्सर लगायतका रोगहरुको उच्च जोखिम देखिएको छ ।
दैलेखमा पनि यस्तो समस्या हुनसक्ने र त्यसको समाधानका लागि जिल्ला कृषि विकास कार्यालय सँगै उपभोक्ताहरुले समेत सचेतना अपनाउनुपर्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार