बर्षातले पुल वगाएपछि गाउँमै आवतजावत बन्द

बिष्णु शर्मा
दैलेख साउन १४ ।
“भौगोलिक बिकटता, त्यसैमाथि बाढीपहिरोले गाउँनै छेदबिच्छेद बनाएपछि कालिकाका आम नागरिकहरु यतीवेला दुःखी बनेका छन् । ”
एक्कासी आएको बर्षात सँगैको बाढी पहिरोका कारण यहाँका जनताहरुलाई हैरानी मात्रै बनायन कतिपयको उठीवास समेत भयो ।
कालिका गाविसका वडा नं. १ देखि ९ सम्मका अधिकाँस स्थानहरुमा बाढी पहिरोले क्षती पु¥याएको छ । गाउँभरी लगाएको बाली सोत्राम पारेको छ , गजबहादुर ढेगाले आफ्नै शैलीमा भने ।  ढेगाका अनुसार ३५ प्रतिशतले बालीनालीमा क्षती भएको छ । बाढीले ६ वटा घरहरु पुर्ण रुपमा क्षती पुगेको छ भने २७ घर जोखिममा रहेका छन् । गाउँमा आवतजावत गर्ने झोलुगें पुलदेखि काठेपुलहरु समेत वगाएपछि एक गाउँका मानिसहरु अर्को गाउँसम्म आवत जावत गर्न समस्या उत्पन्न भएको मनबहादुर रेगामी मगरले जानकारी दिए ।
“बाढीले निकै सतायो उत्पादन     गरेको बाली पनि छैन् । पिसेर खाने घट्ट पनि छैन् अहिले कतिपय मानिसहरु मकै र गहुँको दाना भुटेर खाने बाहेक अरु गर्न सकेका छैनन् ।”
प्रहरीलाई जानकारी गराएका छौं गाउँमा आवतजावत गर्ने पुलः नभएपछि मुचुल्का गर्नको लागि समेत प्रहरी पुग्न नसकेको   मनबहादुरले बताए । स्थानीयहरुले निर्माण गरेका २२ वटा पानी घट्टहरु बगाएको छ भने झोलुगें पुल र काठेपुल समेत बगाएको छ ।
कतिपय विद्यालयहरु समेत भत्केका छन् । गाउँमै ठूलो विपत्ती हुनेगरि बाढी आयो तर अहिलेसम्म कहि कतैबाट राहत लगाएतका अन्य कुराहरुमा समेत चासो देखाईएको छैन् । सरकार भन्दा पनि टाढाका मान्छे जस्तो भईयो हाम्रो बारेमा कसले कुरा गरिदिने जगबहादुर ढेगाले गुनासो गरे । विभिन्न समयमा लाखौं रकम प्रभावीत क्षेत्रहरुका लागि भनेर आउने गरेको भएपनि यस्तो विपत्तीमा कसैले साथ नदिएको कालिकाका बासिन्दाहरुको गुनासो छ । कृषि क्षेत्रमा भएको क्षतीको बारेमा जिल्ला कृषि विकास कार्यालय दैलेखले बिवरण संकलन गर्न लागको बताएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार