सबै गाविसमा सार्वजनिक सुनुवाई हुने

दैलेख मंसिर ४
जिल्ला विकास समिति दैलेखमा बुधवार गाविस सचिबहरुसंगको समन्वय बैठकमा दोश्रो चौमासिक अबधिमा सबै गाविसहरुमा सार्वजनिक सुनुवाई सम्पन्न गर्ने निर्णय भएको छ ।
समन्वय बैठकमा दिगो कृषि तथा       वातावरण र जलश्रोत संरक्षण केन्द्र (सेवक) दैलेखद्धारा संचालित विभिन्न परियोजना अन्तर्गतका क्रियाकलाप गाविस स्तरमा संचालन सम्बन्धमा विस्तृत छलफल गरिएको छ । गांऊ विकास समितिहरुको आवधिक योजना निमार्ण, कृषि बन तथा वातावरण समितिको  समग्र कार्य योजना निमार्ण, तोलीजैसी र सिंहासैन गाविसका कृषि बन तथा वातावरण समितिकाको क्षमता विकास, एस.ए.एल.जी.पी परियोजना संचालित गाविसहरुमा भईरहेको अनुशिक्षण गोष्ठि हुने छ । त्यसैगरी गाविस परिषद् आयोजना हुनु अगाडी एकिकृत योजना तर्जुमा समितिमा वडा नागरिक मञ्च मार्फत पेश हुन आएको लक्षित वर्गका योजनाहरुको स्वीकृतीका लागि समन्वय बैठक संचालन र हरेक गाविसहरुले सुशासन (व्यवस्थापन तथा कार्यान्वयन) ऐन, २०६४ र सार्वजनिक सुनुवाई कार्यविधि, २०६७ मा व्यवस्था भए अनुसार   हरेक चौमासिक अवधिमा सम्पन्न गर्नु पर्ने सार्वजनिक सुनुवाई सबै गाविसहरुले पौष मसान्त भित्र अनिवार्य आयोजना    गरी सम्पन्न गर्ने निर्णय भएको   जानकारी दिएको छ ।
समन्वय बैठक सेवक दैलेखका अध्यक्ष महारुप खत्री र जिल्ला संयोजक दुर्लभकुमार बोगटीले सहजिकरण गर्दै  दैलेख जिललाका ४ण् वटा गाबिसमा स्थानीय सरकारको जवाफदेहिता अभिबृद्धि परियोजनाले काम गरिरहेकाले अन्य गाबिसमा समेत योजना तर्जुमा प्रक्रिया र गाबिसका नागरिक मञ्चका पदाधिकारी लगायतलाई समाशेी र सहभागीता मुलक योजना निर्माण गर्नु पर्ने भन्दै सबै गाबिसमा सार्बजनीक सुनुवाई गर्न आवश्यक रहेको बताएका थिए ।
जल्ला विकास समितिका कार्यक्रम अधिकृत समशेरबहादुर शाही र लेखा अधिकृत मुक्तिप्रसाद चापागाईले गाविसको न्युनतम् शर्त मापन तथा कार्य सम्पादन मूल्यांकन, पि.एफ.एम. फाराम, सामाजिक सुरक्षा भत्ता पाउने नागरिकहरुको लगत अध्यावधिक लगायत विभिन्न सवालहरुमा निर्देशन दिएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार