धमाका संवाददाता
दैलेख मंसिर ९ ।
नारायण क्याम्पस दैलेख सरकारको मातहतमा संचालन गर्ने निर्णय पश्चात दैलेख क्याम्पसको भ्रमण गर्नका लागि आएको टोलिसँग पब्लिक क्याम्पसका समस्याहरुबारे दैलेखमा छलफल गरिएको छ ।
नेपाल प्राध्यापक संघका केन्द्रिय अध्यक्ष रामेश्वर उपाध्याय सहितको टोलि दैलेख आएको अवसरमा पब्लिक क्याम्पसका चुनौती, समस्या र समाधानका लागि के के पहल गर्न सकिन्छ भन्ने वारेमा छलफल भएको हो । प्राध्यापक संघ पब्लिक क्याम्पसका समस्याहरुलाई समाधान गर्नको लागि सरकार र सम्वन्धित सबै निकायहरुसँग बारम्वार छलफल र बहसमा जुटीरहेको उपाध्यायले जानकारी दिएका छन् । छलफलमा जिल्लाका शिक्षापे्रमिहरुको उपस्थिती रहेको थियो । क्याम्पसका शिक्षक नरेन्द्र उपाध्यायले बिषय बस्तुको जानकारी सँगै स्वागत गरेका थिए ।
कार्यक्रम नेपाल प्राध्यापक संघ दैलेखका ईकाइ अध्यक्ष सुरेन्द्र अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो । बिशेष अतिथिका रुपमा पब्लिक क्याम्पस प्राध्यापक संघका उपाध्यक्ष शेरबहादुर माझी, नारायण क्याम्पस दैलेखका अध्यक्ष तेजबहादुर चन्द लगायतको उपस्थिती रहेको थियो ।









