धमाका संवाददाता
दैलेख पौष ७ ।
दैलेखको बडाखोला गाविस वडा नं. २ पिपलपाटा टोलका ३५ घरमा सोमवारदेखि बिजुली बलेको छ । ती मध्ये अधिकांश दलित परिवार छन् । बिजुली बाल्न पाएपछि स्थानीयहरु खुशी भएका छन् । नेपाल विद्युत प्राधिकरणको केन्द्रीय प्रसारण लाइनबाट बिजुली पु¥याउन गाविसको लगानीमा विद्युत फलामे पोल र तार पु¥याएपछि आजैदेखि बिजुली बलेको नागरिक सचेना केन्द्रका सहजकर्ता अञ्जू सुनारले बताइन् । आफुहरुले गाउँमा बिजुली पु¥याउने निरन्तर अभियान थालिरहेको कार्यालय प्रमुख शिवप्रसाद नेपालले जानकारी दिएका छन् ।









