धमाका संबाददाता
दैलेख पौष ११ दैलेख
सेवा प्रदायकहरुको बजार बिस्तारको लागि फिल्ड अनुगमन भ्रमण गरिएको छ ।
जिल्लामा रहेका कृषकहरुले उत्पादन गरेका तरकारीलाई सहज रुपमा बिक्रि बितरण गर्ने उद्देश्यका साथ जिल्लामा रहेका एग्रोभेट, तरकारी संकलन कर्ता लाई बजारमा संकलन गर्नका लागि कृषकहरु संग सहज बाताबरण सिर्जना गर्ने उद्देश्यका साथ सेवाप्रदायकहरुको बजार बिस्तारको अनुगमन भ्रमण गरिएको हो ।
यूएसएआईडि कोसहयोगमा जिल्लामा संचालन भएको ज्ञानमा आधारीत एकिकृत दिगो कृषि तथा पोषण परियोजना किसानले जिल्लामा संचालन गरेको कार्यक्रम अन्र्तगत पगनाथ गाबिस र वडाभैरव गाबिसका कृषकहरु संग अन्र्तक्रिया गरेको हो । परियोजनाले कृषकहरुको उन्नत कृषि उत्पादन सामाग्री र उन्नत प्रबिधी कृषकहरुको घरधुरी सम्म पु¥याउँदै कृषि बजार प्रर्णालीमा सहयोग गर्ने लक्ष्य अनुरुप महादेब बेमौशमी ताजा तरकारी समुहका सदस्यहरु संग अन्तरक्रिया समेत गरेका छ । समुहले उत्पादन गरेका तरकारी लाई बजारमा सम्म पु¥याउने र उनीहरुको आय आर्जमा टेवा पु¥याउने उद्देश्यका साथ उक्त अनुगमन भ्रमण गरिएको जिल्ला कार्यक्रम संयोजक दिपक काफ्लेले जानकारी दिए । भ्रमणमा गएका तरकारी संकलन कर्ताले समुहले उत्पादन गरेका तरकारीलाई बजारमा बिक्रि बितरण गर्नका लागि सम्झौता समेत गरिएको छ । किसान परियोजनाले सहयोग गरेका बेमौसमी उत्पादन घर टनेलको पनि अनुगमन गरिएको थियो ।
जिल्लाका दुर्गममा किसानहरुले उत्पादन गरेका तरकारीको बिक्रि बितरणमा यसले सहजता ल्याउने भएको भएपनि यातायात लगायतका विभिन्न समस्याहरुले कृषकहरुले उत्पादन गरेको बस्तुहरुको बजार अँझै पाउन सकेका छेनन् ।









