गाउँ परिषद अवरुद्ध

धमाका संवाददाता
दैलेख पौष २८ ।
गाउँस्तरका       नागरिकहरु सचेत हुन थालेपछि गाउँमा हुने अनियमितताहरुको बारेमा चर्को बहस र पैरवी समेत हुन थालेको छ ।
गाउँ बिकास समिति मार्फत संचालन गरिएका गतिविधिहरु र लक्षित वर्गका लागि भने छेट्टाईएका रहकमहरु पारदर्शी नभएको भ
न्दै गाउँ परिषदहरु समेत अवरुद्ध हुन थालेका छन् ।
जिल्लामा रहेका ४९ गाविसमा धमाधम परिषदहरु सम्पन्न हुन थालेको भएपनि केही गाविसका परिषदहरु अवरुद्ध भएका छन् ।
सामुदायिक स्वयंसेविका सुन्तली दर्जीका अनुसार      खरिगैरा गाविसमा पौष २४ गते आयोजना गरिएको २३ औ गाँऊ परिषद्को कार्यक्रम गाविसद्धारा संचालित विभिन्न क्रियाकलापहरुमा व्यापक अनियमितता भएको भन्दै सहभागिहरुले अवरुद्ध गराएका छन् ।
बाँसिमा पनि परिषदको संचालन बारे समस्या उत्पन्न भएको बताईएको    छ । बालुवाटार गाविसमा पनि पूर्व गाविस सचिबले गरेको अनियमिमताको कुरालाई लिएर गाँऊ परिषद् कार्यक्रम अवरुद्ध भएको जानकारी स्थानी संवाददाताहरुले दिएका छन् ।
नागरिकहरुलाई आफ्नो गाँऊको विकास निमार्णका हरेक गतिविधिहरुमा प्रत्यक्ष सहभागि गराई उनीहरुकै सक्रियता एवं सहभागितामा योजना निमाणर््ा गर्ने र उनीहरुद्धारा नै विकासका हरेक गतिविधिहरु कार्यान्वयन एवं त्यसको अनुगमन तथा मूल्यांकन गर्ने प्रक्रियामा सहभागि       गराउने अभिप्रायले स्थानीय निकायहरुमा कार्यान्वयन गरिएको सहभागितामुलक योजना तर्जुमाका १४         चरणहरुको अवलम्बन गर्ने क्रममा दैलेख जिल्लाका विभिन्न गाविसहरुमा बस्ती स्तर देखि भेला आयोजना गरी प्रस्तावना सहित योजना माग गर्दै बडा भेला र बडा नागरिक मञ्चले सिफारिश गरी पठाएका योजनाहरु सहभागितामुलक योजना तर्जुमा प्रक्रियाको ७ औ चरण एकिकृत योजना तर्जुमा समितिको बैठकमा विस्तृत छलफल गरी सुचिकृत गर्ने र सुचिकृत भएका कार्यक्रम तथा बजेटलाई गाँऊ परिषद्मा स्वीकृतीका लागि पेश गर्ने अभ्यास चलेपछि बिगतका बर्षहरुझै कोठे गाउँ     परिषदहरुको प्रचलन घट्दै गएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार