संबिधान –संबिधान –संबिधान

साँच्चै देश र जनताका लागि भनेर हिजो दोस्रो संबिधान सभाको चुनावी घोषणा पत्रमा उल्लेख गरेका कुराहरुले अहिले प्रतिपक्षिहरुले भूलेका छन् । हिजोको रिस पोख्ने काम अहिले पनि दाहोरिएको छ । यसैले होला अहिले आम नागरिकहरु संबिधानको माग गरिरहेका छन् तर दलहरुले आफुहरुले लिखित रुपमा गरेका बाचाहरु बिर्शेका छन् ।             संविधान जारि गरि देश र जनताका हरेक अधिकारहरु स्थापित गर्ने दिन मात्र ५ दिन बाँकी रहेका छन् ।
यसो भनिरहँदा सत्ता पक्ष र प्रतिपक्षको खेल अहिलेपनि देखिएको छ । मुखमा      राम – राम र बगलीमा छुरा राख्ने प्रवृतीका कारण यसपालि तोकिएकै समयमा संबिधान जारी हुने संकेत देखिएको छैन् । प्रक्रियामा गएर भएपनि निकाश दिनुपर्ने भन्दै ४ सय १३ जना सभासदहरुले संविबधान सभाका अध्यक्षलाई लिखित रुपमा हस्ताक्षर बुझाएका छन् । नेपालको भाग्य भविष्यलाई उज्यालो पार्नका लागि काठमाण्डौंमा बस्ने नेताहरुले दुर्गम र      दुर दराजका जनतहरुको पिडा र हिजो भोट माग्न जाँदा भोगेका समस्याहरु समेत बिर्शेका छन् । नेताहरुले जे गरेपनि        निरिह बनेका आम नागरिकहरुले अहिले केवल सवै दल र नेताहरु सँग एउटा मात्रै प्रश्न गरिरहेका छन् । संबिधान – संबिधान संबिधान  ।  अहिलेपनि संबिधान जारि नभए देश पुनः द्धन्द्धमा जान सक्ने बिश्लेषणलाई नेताहरुले कसरी सम्बोधन गर्नेहुन त्यो भने हेर्न बाँकी नै छ  ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार