भुकम्पको जोखिममा नेपाल र दैलेख

यो बर्ष पनि मुलुकभरी भूकम्प दिवस मनाईएको छ । मुलुकभरी मनाईएको भूकम्प दिवस सँगै विभिन्न जिल्लाहरुमा पनि यो दिवस सम्पन्न गरिएको छ । विगतदेखि नै भूकम्पका बारेमा नीति नियमहरु निर्माण गरिएको भएपनि यसको ठोस कार्यान्वयन हुन नसकेका कारण समस्या आएको बेलामा मात्रै चर्चा र परिचर्चा हुने अनि केही समयपछि सन्र्दभ नउठ्ने प्रचलनका   कारण पनि मानिसहरु झनै समस्यामा पर्दै आएका छन् । देशभर पछिल्ला दिनहरुमा धमाधम नगरपालिकाहरुको घोषणा गरिएको छ । नगरपालिका भन्दा पहिलाको सवै जिम्मेवारी सम्हालेका मुलुकभरका गाविस कार्यालयहरुले समेत भूकम्प जोखिम न्यूनिकरणका बारेमा उचित र ठोस कदम चाल्नुपर्ने नीति सरकारले ल्याउनुपर्ने हो । खैर गाउँ र दुर दराजका कुराहरु भन्दापनि भर्खरै      शहरीकरणतर्फ सुरु भएका विभिन्न ठूला स्थानहरुमा भूकम्प जोखिम न्यूनिकरण गर्ने मापदण्डअनुसारका निर्माण कार्यहरु सुरु गर्नु अनिवार्य देखिएको छ ।
सरकारले पछिल्ला दिनहरुमा लागु गरेको भवन निर्माण आचार संहिता र आवश्यक मापदण्ड तयार गरेर कडाईका साथ लागु गर्नुपर्ने आवश्यकता देखिएको छ । त्यीस्तै नारायण गनरपालिका दैलेख र दुल्लू     नगरपालिकाले समेत जिल्लामा भूकम्प न्यूनिकरण अभियानलाई निकै कडाईका साथ अगाडी बढाउनुपर्ने देखिएको छ । दैलेख पनि भूकम्पको जोखिममा रहेको जिल्लाको नामांकरणमा परेकोले समेत सवै निर्माण कार्यमा लागेकाहरुले लोभ नगरिप्राविधिकहरुको सल्लाह अनुसार निर्माण कार्य गर्नुपर्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार