प्रहरी , सेना र नगरपालीकाद्धारा संयुक्त सडक निर्माण

धमाका संवाददाता
दैलेख माघ २३ गते ।
जिल्लाको महत्वपुर्ण पर्यटकीय क्षेत्रमा पुग्ने सडक जिर्ण भई पर्यटकहरु लगायत अन्य यातायातका सवारी साधानहरुलाई आवत जावत हुन निकै कठिनाई भएपछि दैलेखमा रहेका प्रहरी, नेपाली सेना र नारायणनगरपालिकाले संयुक्त रुपमा सडक निर्माण गरेका छन् ।
शिरस्थान, नाभिस्थान, कोटीला र पादुका लगायतका स्थानहरु सँगै दैलेख देखि दुल्लू नगरपालिका जाहारकोटका बिभिन्न स्थानहरु निर्माण       गरिएको हो । मध्यपहाडी सकड खण्डमा पर्ने उक्त सडक निर्माणको लागि ठेकेदारले जिम्मा लिएको भएपनि काम समयमै नगरेको र यातायातका साधानहरु आवतजावतमा निकै समस्या भएपछि यसको निर्माण थालिएको कार्यकारी अधिकृत गणेशबिक्रम शाहले बताए ।
जिल्लाका पंचकोशी क्षेत्रमा आन्तरिक र बाह्य पर्यटकहरुको बृद्धि हुँदै गएको छ । यसको लागि सडक निर्माण आवश्यक भएको भन्दै जनगुनासो धेरै आएपछि सडक निर्माण थालिएको थियो । बिग्रेका स्थानहरुमा प्रहरी र सेनाले सडक निर्माण गरेका छन् भने कठिन चट्टानमा डोजर लगायर सडक निर्माण गरिएको प्रहरी प्रमुख माधव श्रेष्ठले बताए ।
सडक निर्माण पश्चात दैलेख देखि दुल्लू हुँदै दैलेखका क्षेत्र नं. २ का विभिन्न स्थानहरुमा संचालन हुने यातायातका साधनहरुलाई सहजता हुने देखिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार