सेवा प्रवाहा सर्वेक्षणका लागी तालिम सुरु

    दैलेख फागुन ४ ।

जिल्लाका क्रियाशिल नागरिक समाजका सस्ंथाहरुले मनोनयन गरी पठाएका सामाजिक जबाफदेहिता अभियानकर्ताहरुको लागि सामाजिक जबाफदेहिताका औजार सम्बन्धि ३ दिने क्षमता विकास तालिम दैलेखमा संचालन भएको छ ।
स्थानीय सरकारको जबाफदेहिता अभिबृद्धि        परियोजना जिल्ला परियोजना सहयोग ईकाई, दैलेखको आयोजनामा संचालित ३ दिने तालिम कार्यक्रम परियोजनाको जिल्ला समन्वय समितिका संयोजक सस्ंथा जिल्ला प्रशासन कार्यालयका सहायक प्रमूख जिल्ला अधिकारी        हरिकला आचार्यले उद्घाटन गरेकी थिईन् । निमित्त स्थानीय विकास अधिकारी याम नारायण गौलीले जिल्लामा सुशासन र जबाफदेहिता प्रबद्र्धनका लागि सामाजिक जबाफदेहिता अभियानकर्ताहरुले जागिरको लागि मात्र नभै ईमान्दार अभियानकर्ताको भूमिका निर्वाह गर्न सुझाव दिएका छन् । नेपाल सरकारले जारी गरेको कार्यविधिमा भएका प्रावधानहरुको पालना र नागरिकहरुले आफ्नो जिम्मेवारी पुरा गर्नका लागि सुसुचित गराउन अभियान निकै सकारात्मक अभ्यास हुने गौलीले बताए ।
विगतका दिनहरुमा सेवा प्रबाहमा भएका कमि कमजोरीहरु सच्चाउदै नागरिकलाई प्रभावकारी सेवा प्रबाह गर्नु पर्ने गौलीको आग्रह थियो ।
स्थानीय सरकारको जबाफदेहिता अभिबृद्धि परियोजनाले संचालन      गरेको ३ दिने तालिम पश्चात जिल्लामा सामाजिक जबाफदेहिताका औजारहरुको प्रयोग गर्न दक्ष जनशक्ति तयार भई गाविस तथा जिल्ला स्तरमा सार्वजनिक सुनुवाई, सार्वजनिक लेखा परिक्षण, नागरिक प्रतिवेदन पत्र, पालना अनुगमन, स्थानीय खर्चको सोध खोज जस्ता महत्वपूर्ण विधिहरुद्धारा सेवा प्रबाहको अवस्था विश्लेषण भई आगामी दिनमा अझै प्रभावकारी सेवा प्रबाह गर्नका लागि रचनात्मक सुझाब र सहयोग हुने देखिएको छ ।
जिल्लामा क्रियाशिल ११ वटा नागरिक समाजका सस्ंथाबाट १६ र ३ जना जिल्ला कार्यान्वयन साझोदार सस्ंथा सेवक दैलेखबाट गरी जम्मा १९ जना सुशासन अभियानकर्ताहरुको तालिममा सहभागिता रहेको छ भने तालिम कार्यक्रममा जिल्ला सुशासन विज्ञ, नगर सुशासन विज्ञको समेत सहभागिता रहेको छ । तालिम कार्यक्रम परियोजनाका डेपुटि म्यानेजर प्रणब भट्राई, क्षमता विकास अभिकृत सोभिता परियार र जिल्ला संयोजक दुर्लभ बोगटीले      गरेका छन् ।  तालिम पश्चात प्रशिक्षित जनशक्ति जिल्लाका विभिन्न गाविस तथा जिल्ला स्थित विषयगत कार्यालयहरुमा सामाजिक जबाफदेहिताका औजारहरुको प्रयोग गरी सर्वेक्षण गर्नका लागि परिचालन हुने कुरा जिल्ला संयोजक दुर्लभ बोगटीले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार