घटना पछी मात्र तातिने सरकार

सडक दुर्घटनाले दिन प्रतिदिन जोखिम थपिदै गर्दा सरकारले पछिल्ला बर्षहरुमा केही नयाँ नीतिहरु ल्याएको भएपनि अँझै यसलाई ठोस रुपमा कार्यान्वयन हुन सकेको छैन् ।
सुर्खेत देखि दैलेख हुँदै जुम्ला जाने सडकको अवस्था विगत धेरै बर्षदेखि चिन्ताजनक भएको भएपनि सरकारले यसतर्फ उचित कदम चाल्न नसकेको      छैन् । राजमार्ग क्षेत्र नै जोखिम पुर्ण छ । सडकको स्तर बृद्धि लगायतका कामहरुमा सकरकाले अहिलेसम्म उचित ध्यान दिन सकेको छैन् ।
अर्कोतर्फ सडक संचालन नीतिमा पनि       सरकारले उचित ध्यान पुर्याउन सकेको छैन् । सडक मात्र हैन अन्य विभिन्न बिषयहरुमा समेत सरकारले पहिला उच्च सर्तकता अपनाउन नसक्ने र घटना घटीसकेपछि मात्र तातिने प्रवृतीले हरेक ठाउँमा समस्या उत्पन्न हुँदै गएको छ ।
जुम्ला बसपार्कबाट सोमवार विहान नाग्मा सम्म छुटेको ना ४ ख ४९७० नम्बरको बस रारालीही गाविसको वडा नं. १ गाडगुडेनीमा दुर्घटना हुदा चालक र सहचालक सहित १८ जनाको मृत्यु भएको छ यो केही समय यताको कर्णाली क्षेत्रको ठूलो दुर्घटना हो ।
ठूला दुर्घटनाहरु भएका एक दुई दिनसम्म सरकार र मातहतका निकायहरु निकै तातीने र फेरी सेलाउने प्रवृतीले पनि नीति निर्माणमा समस्या उत्पन्न भएको छ ।
सरकारले बेला बेलामा चर्चामा ल्याउँदै आएको सडक संचालन नीति र लामो दुरीका             राजमार्गहरुमा सुरक्षा लगायतका अन्य प्रबन्ध मिलाउनका लागि तत्काल नयाँ अभियान संचालन गर्नुपर्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार